नेभिगेशन
मुख्य समाचार

पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो ,सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन

मलेखु । गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् ।
सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर  शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्राय  शून्यजस्तै बनेको छ ।

वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरोले  सडक अवरुद्ध भएको छ । यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ –१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको जनाइएको छ ।  आज बिहानै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पहिरो जोखिमका कारण राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुहरुलाई आग्रह गरेको छ ।

त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ । भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने “सानाठूला पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ । विस्तारका क्रममा रहेको राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिम छ । पूर्ण रुपमा सडक सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन ।”

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार राजमार्गमा कतिखेर पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुङ्गा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ । यसरी खसेको ढुङ्गा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको हो । 

पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन् । वर्षा रोकिए पनि सडक सफा गर्न र सडक पुनःसञ्चालन गर्न अझै केही समय कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान...
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...