नेभिगेशन
समाज

इलाममा पहिरोमा परे मृत्यु हुनेको संख्या ३७ पुग्यो

काठमाडौँ । इलाममा गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म ३७ पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार सूर्योदय नगरपालिका १ मा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। यस्तै इलाम नगरपालिका ६ मा ६ जनाको मृत्यु भएको छ। 

Ncell
Extreme Energy

यस्तै देउमाई नगरपालिकामा आठ जना,फाकफोकथुम गाउँपालिकामा एक जनाको र माङ्सेबुङमा तीन जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिकामा ६ जना गरी कूल ३७ जनाको मृत्यु भएको हो।

माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।