नेभिगेशन
मुख्य समाचार

इलाममा पहिरोमा परे मृत्यु हुनेको संख्या ३७ पुग्यो

काठमाडौँ । इलाममा गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म ३७ पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार सूर्योदय नगरपालिका १ मा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। यस्तै इलाम नगरपालिका ६ मा ६ जनाको मृत्यु भएको छ। 

यस्तै देउमाई नगरपालिकामा आठ जना,फाकफोकथुम गाउँपालिकामा एक जनाको र माङ्सेबुङमा तीन जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिकामा ६ जना गरी कूल ३७ जनाको मृत्यु भएको हो।

माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान...
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...