नेभिगेशन
समाज

भैरहवामा अलपत्र यात्रुका लिन नेपाल एयरलाइन्सको विमान जाने, भाडा ७ हजार

काठमाडौँ । नेपाल वायुसेवा निगले सोमबार काठमाडौँ भैरहवा काठमाडौँ उद्धार उडान गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडानको व्यवस्था गरेको जनाएको छ । 

Ncell
Extreme Energy

निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजेट छुट्नेछ।

काठमाडौँबाट जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट उड्दा ७ हजार रूपैयाँ भाडा तोकेको छ।

यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले जनाएको छ।

साथै उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ। 

यसबाहेक निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरूमार्फत पनि सिट सुनिश्चित गर्न सकिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले समयमै टिकट बुक गर्न पनि भनेको छ।  

nac-notice_80LgJ5I5gA-1759672879.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार छलीको आशंकामा नियन्त्रणमा लिई पोखरामा राखिएका  ईभी गाडी (तस्बिरहरु)

भन्सार छलीको आशंकामा नियन्त्रणमा लिई पोखरामा राखिएका  ईभी गाडी (तस्बिरहरु)

विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा भन्सार छली गरी विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो । त्यसका लागि सशस्त्र...
पैसा बाँड्दैमा गरिबी हट्दैन, गरिबी हटाउन रोजगारी आवश्यक छः  डा. स्वर्णिम वाग्ले

पैसा बाँड्दैमा गरिबी हट्दैन, गरिबी हटाउन रोजगारी आवश्यक छः डा. स्वर्णिम वाग्ले

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु फिन इलेक्ट्रो–टेक उद्घाटन गर्दै मन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरि अर्थतन्त्रमा महत्वकांक्षी...
रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब उज्यालो नेपाल पार्टीले हरित क्रान्ति गर्छः कुलमान घिसिङ

रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब उज्यालो नेपाल पार्टीले हरित क्रान्ति गर्छः कुलमान घिसिङ

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा अयाोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाई मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै...