नेभिगेशन
मुख्य समाचार

आजदेखि काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (सोमबार)जिल्लाका कार्यालयहरू खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ । १९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।  

कार्यालयले बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन भनेको छ । 

'दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ,' जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

ललितपुरमा पनि बाढी र वर्षाका कारण प्रभावित सार्वजनिक सेवा आजदेखि पुनः सुचारु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार सूचना जारी गर्दै सोमबारदेखि नियमित रूपमा सार्वजनिक सेवा प्रवाह शुरू हुने जनाएको हो।

गृह मन्त्रालयको निर्देशन अनुसार विपद् जोखिम व्यवस्थापन र प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न भनिएको छ।

सोही निर्देशनका आधारमा ललितपुर प्रशासनले असोज २० गतेदेखि सबै सरकारी कार्यालय र निकायले सेवा सञ्चालन गर्न अनुरोध गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान...
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...