नेभिगेशन
समाज

आजदेखि काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज (सोमबार)जिल्लाका कार्यालयहरू खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ । १९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयले बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन भनेको छ । 

Ncell
Extreme Energy

'दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ,' जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

ललितपुरमा पनि बाढी र वर्षाका कारण प्रभावित सार्वजनिक सेवा आजदेखि पुनः सुचारु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार सूचना जारी गर्दै सोमबारदेखि नियमित रूपमा सार्वजनिक सेवा प्रवाह शुरू हुने जनाएको हो।

गृह मन्त्रालयको निर्देशन अनुसार विपद् जोखिम व्यवस्थापन र प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न भनिएको छ।

सोही निर्देशनका आधारमा ललितपुर प्रशासनले असोज २० गतेदेखि सबै सरकारी कार्यालय र निकायले सेवा सञ्चालन गर्न अनुरोध गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।