नेभिगेशन
मुख्य समाचार

बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

पाँचथर । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो । 
फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।

जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छिन् । फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते हुनुभएको छ भने फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

वर्षाका कारण अधिकांश सडकहरु क्षतिग्रस्त हुँदा घाइतेहरु सुविधासम्पन्न अस्पताल जान पाएका छैनन । सरकारी निकायहरुले अवरुद्ध मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट लगायत सडक सञ्चालन गर्न मर्मत तथा सफाइका काम थालेका छन् ।(

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द, झण्डै २०० कन्टेनर नाकामै थन्किए

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान...
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, ७ सदस्यीय अध्यक्ष मण्डल रहने

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकताका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

भाद्र २३ गतेको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषि देखिएकालाई कारवाही गर्न माग गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ । अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य...