नेभिगेशन
समाज

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Marvel
Extreme Energy

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।
    
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउँछन् ।।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मङ्गलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मङ्गलबार साँझदेखि नै सुरु गरिँदैे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?

यो महाविनाश नसोचेको विपत्ति थियो। धेरै जना भाग्दा भाग्दै बगे भने धेरैले पत्तो नै पाएनन् । घटना कुनै रातिमा भएको थिएन, सबै ब्युझिसकेपछि झलमल्ल उज्यालोमा भएको थियो ।...
परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

परिवारका नाममा जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार...
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

भर्खरै