नेभिगेशन
मुख्य समाचार

नेपाल एयरलाइन्सले आज भैरहवा काठमाडौँ २:४५ बजे उद्धार उडान गर्ने

काठमाडौँ । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई काठमाडौँ ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट आज दिउँसो भैरहवा जाने भएको छ । 

भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई चार्टर्ड फ्लाइट मार्फत आइतबार राति भैरहवाबाट काठमाडौँ ल्याउने तयार भएपनि तयारी नपुगेको भन्दै आजका लागि सारिको थियो । 
 आज दिउँसो २ः४५ बजेका नेपाल एयरलाइन्सको विमान भैरहवाबाट काठमाडौँका लागि उड्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे विमान भैरहवा विमानस्थल पुग्ने छ । 

Dish home
City Express

हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा निगमको १५८ सिट क्षमताको जहाजमार्फत यात्रुहरुलाई आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने तयारी गरिएको थियो ।

नेपाल वायुसेवा निगमले पनि सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय गरेको जानकारी गराएको छ । प्रजिअ पाण्डेका अनुसार उपचारका लागि जानुपर्ने बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु तथा पर्यटक लगायतलाई प्राथमिकता दिएर पठाइने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा...
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ...
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।
आजदेखि काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने

आजदेखि काठमाडौँ र ललितपुरका सरकारी कार्यालय खुल्ने

कार्यालयले बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन...