नेभिगेशन
मुख्य समाचार

ओली र लेखकविरुद्धको जाहेरीले तनावमा प्रहरी, सुदनले भने 'मैले धम्काएको छैन'

काठमाडौँ । प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकका विरुद्ध जोहरी दर्ता नगरेपछि जेनजी अगुवाले दबाब बढाएका छन् । 
हामी नेपालका अध्यक्ष समेत रहेका सुदन गुरुङसहित मृतकका परिवारले जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । प्रहरी स्रोतका अनुसार बुधबार ओली र लेखकविरुद्ध जोहरी लिएर गुरुङसहित  मृतकका आफन्त  काठमाडौँ प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने बताएपछि उनीहरु झोक्एिका थिए ।

त्यसपछि बाहिर प्रहरीबिटहरुमा प्रहरीमाथि नै आक्रमण हुन सक्ने आकलन गर्दै  प्रहरीले आन्तरिक सुरक्षा बढाएको छ । जेनजी आन्दोलपछि थोरै सँख्यामा उपत्यकाका बिटमा रहेका प्रहरीलाई माथिल्लो तहका वृतमा फिर्ता गराएको प्रहरी स्रोतले जनाएको छ । 
अहिले काठमाडौँका सडकमा समेत प्रहरीको उपस्थिति देखिएको छैन । सम्भावित जोखिमका विषयमा अहिले प्रहरीले आन्तरिक रणनित बनाउन लागेको जनाइएको छ । 
उसो त, अहिले पनि जेनजी आन्दोलनमा ज्यान गुमाएका आफन्त जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका छन् । उनीहरुसँगै प्रहरी कार्यालय छिरेका गुरुङ भने भर्खरै मात्रै प्रहरी कार्यालयबाट निस्किएका छन् । 
साथै उनले आफूले सडकबाट देखाइदिन्छु भन्दै प्रहरीलाई धम्काएको भन्दै आएका समाचारको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । 

Global Ime Bank


प्रहरीका अनुसार अहिलेसम्म जाहेरी भने दर्ता भएको छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।