नेभिगेशन
समाज

ओली र लेखकविरुद्धको जाहेरीले तनावमा प्रहरी, सुदनले भने 'मैले धम्काएको छैन'

काठमाडौँ । प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकका विरुद्ध जोहरी दर्ता नगरेपछि जेनजी अगुवाले दबाब बढाएका छन् । 
हामी नेपालका अध्यक्ष समेत रहेका सुदन गुरुङसहित मृतकका परिवारले जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । प्रहरी स्रोतका अनुसार बुधबार ओली र लेखकविरुद्ध जोहरी लिएर गुरुङसहित  मृतकका आफन्त  काठमाडौँ प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने बताएपछि उनीहरु झोक्एिका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि बाहिर प्रहरीबिटहरुमा प्रहरीमाथि नै आक्रमण हुन सक्ने आकलन गर्दै  प्रहरीले आन्तरिक सुरक्षा बढाएको छ । जेनजी आन्दोलपछि थोरै सँख्यामा उपत्यकाका बिटमा रहेका प्रहरीलाई माथिल्लो तहका वृतमा फिर्ता गराएको प्रहरी स्रोतले जनाएको छ । 
अहिले काठमाडौँका सडकमा समेत प्रहरीको उपस्थिति देखिएको छैन । सम्भावित जोखिमका विषयमा अहिले प्रहरीले आन्तरिक रणनित बनाउन लागेको जनाइएको छ । 
उसो त, अहिले पनि जेनजी आन्दोलनमा ज्यान गुमाएका आफन्त जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका छन् । उनीहरुसँगै प्रहरी कार्यालय छिरेका गुरुङ भने भर्खरै मात्रै प्रहरी कार्यालयबाट निस्किएका छन् । 
साथै उनले आफूले सडकबाट देखाइदिन्छु भन्दै प्रहरीलाई धम्काएको भन्दै आएका समाचारको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । 

Ncell
Extreme Energy


प्रहरीका अनुसार अहिलेसम्म जाहेरी भने दर्ता भएको छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।