नेभिगेशन
मुख्य समाचार

आजको मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर हुँदै

काठमाडौँ । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का  अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी , कर्णाली  र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार आज राती कोशी , लुम्बिनी , कर्णाली  र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । लुम्बिनी , कर्णाली  र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरे ।...
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका...
मधेश प्रदेशमा ललितकला कार्यशाला

मधेश प्रदेशमा ललितकला कार्यशाला

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा...
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आइतबार ३३४ कम्पनीको एक करोड ३३ लाख...