नेभिगेशन
मुख्य समाचार

मतदाता नामावली दर्ता गराउनेको भीड

घोराही । दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले  जानकारी दिए ।

 दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्रिक बाँकी रहेको पनि कार्यालयको भनाइ छ  । 

मतदाता नामवली दर्तालाई पालिकास्तरमा बढाउन सके जिल्लामा उल्लेख्य मात्रामा नयाँ मतदाता थपिने कार्यालयका सूचना अधिकारी कुँवरले बताए ।

पालिकास्तरमा मतदाता नामावली दर्ता सङ्कलनको माग गरेका कारण २०७९ को दाङमा निर्वाचनमा ५४ हजार नयाँ मतदाता थपिएका थिए । गत २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट एक लाख ३४ हजार सात सय ३३ क्षेत्र नम्बर २ बाट एक लाख ३३ हजार सात सय ४८ र क्षेत्र नम्बर ३ बाट एक लाख ४६ हजार चार सय ७५ गरी कूल चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरे ।...
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका...
मधेश प्रदेशमा ललितकला कार्यशाला

मधेश प्रदेशमा ललितकला कार्यशाला

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा...
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आइतबार ३३४ कम्पनीको एक करोड ३३ लाख...