नेभिगेशन
मुख्य समाचार

छिनछिनमा बत्ती गएपछि कुलमानले गरे भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।

देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ती जाने क्रममा बढेपछि मन्त्री घसिङ काठमाडौँको स्यूचाटारस्थित केन्द्रको अनुगमनमा पुगेका थिए । मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात, बाढी पहिरोबाट क्षति भएका आयोजनाको असर लगायतका विषयमा जानकारी लिएका थिए  । 

अमुगमनपछि मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरेका थिए ।

उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरे ।...
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका...
मधेश प्रदेशमा ललितकला कार्यशाला

मधेश प्रदेशमा ललितकला कार्यशाला

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा...
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आइतबार ३३४ कम्पनीको एक करोड ३३ लाख...