नेभिगेशन
समाज

प्रहरीले बुझ्यो ओली र लेखकविरुद्धको किटानी जाहेरी, आयोगमा पठाइयो

काठमाडौँ । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी बुझेको छ । आज सुदन गुरुङ लगायतले उनीहरुविरुद्धको जाहेरी प्रहरीलाई बुझाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किटानी जाहेरी बुझेर प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

Ncell
Extreme Energy

मृतकका परिवारमध्ये चारपाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । 

उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो ।

आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...