नेभिगेशन
मुख्य समाचार

प्रहरीले बुझ्यो ओली र लेखकविरुद्धको किटानी जाहेरी, आयोगमा पठाइयो

काठमाडौँ । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी बुझेको छ । आज सुदन गुरुङ लगायतले उनीहरुविरुद्धको जाहेरी प्रहरीलाई बुझाएका हुन् ।

किटानी जाहेरी बुझेर प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

CG

मृतकका परिवारमध्ये चारपाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । 

उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो ।

आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...