नेभिगेशन
समाज

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र  कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ । यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो । 

Ncell
Extreme Energy

आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ छ । यो समूहमा  कुवेत र जापान छन् । प्रतियोगितामा नौ  टोली सहभागी हुँदैछन् ।  । 

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।  समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने  समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ आइल्याण्ड छन् । समूहको शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छ्न । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।