नेभिगेशन
मुख्य समाचार

बालेनको योजनामा ओलीसहित आफूलाई पक्राउ गर्न खोजिएको महेश बस्नेतको दाबी

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले केपी ओली, रमेश लेखक र आफुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइएको बताएका छन् । उनले काठमाडौँ महानरपालिका मेयर बालेन शाहको योजनामा आफूहरुलाई पक्राउ गर्न खोजिएको आरोप लगाएका हुन् । 

उनले जेनजी आन्दोलनका नाममा अन्तराष्ट्रिय शक्तिका एजेण्डहरुले राज्य संयन्त्रलाई कव्जा गर्न खोजेको टिप्पणी गर्दै सुदन गुरुङजस्ता मान्छेहरुलाई एम्बुस बनाएर पड्काउने प्रयास भएको दाबी गरे । बस्नेतले बालेनको योजनामा नै नेताहरुको घरदेखि अन्य संरचनामा तोडफोड र आगजनी गराइएको आरोप लगाए ।

अहिले पनि साइबर अपराधमार्फत लुटपाटका धन्दा चलिरहदा गृह प्रशासन त्यसलाई संरक्षण गर्न लागेको उनको टिप्पणी थियो ।
बस्नेतले जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न आयोग बनेको अवस्थामा निष्पक्ष छानविनका लागि दोषिमाथि कारवाही गर्नुपष्र्ने माग गरे । 

उनले फुलपातीको दिनदेखि अहिलेसम्म आफुलाई पक्राउ गर्न दवाव दिइएको भन्दै आफुलाई पक्राउको कुनै डर नभएको जिकिर गरे । बस्नेतले जेनजीको नाममा अराजकता मच्चाउनेविरुद्ध देशव्यापी अभियान चलाइने उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...