नेभिगेशन
समाज

बालेनको योजनामा ओलीसहित आफूलाई पक्राउ गर्न खोजिएको महेश बस्नेतको दाबी

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले केपी ओली, रमेश लेखक र आफुलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइएको बताएका छन् । उनले काठमाडौँ महानरपालिका मेयर बालेन शाहको योजनामा आफूहरुलाई पक्राउ गर्न खोजिएको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले जेनजी आन्दोलनका नाममा अन्तराष्ट्रिय शक्तिका एजेण्डहरुले राज्य संयन्त्रलाई कव्जा गर्न खोजेको टिप्पणी गर्दै सुदन गुरुङजस्ता मान्छेहरुलाई एम्बुस बनाएर पड्काउने प्रयास भएको दाबी गरे । बस्नेतले बालेनको योजनामा नै नेताहरुको घरदेखि अन्य संरचनामा तोडफोड र आगजनी गराइएको आरोप लगाए ।

Ncell
Extreme Energy

अहिले पनि साइबर अपराधमार्फत लुटपाटका धन्दा चलिरहदा गृह प्रशासन त्यसलाई संरक्षण गर्न लागेको उनको टिप्पणी थियो ।
बस्नेतले जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न आयोग बनेको अवस्थामा निष्पक्ष छानविनका लागि दोषिमाथि कारवाही गर्नुपष्र्ने माग गरे । 

उनले फुलपातीको दिनदेखि अहिलेसम्म आफुलाई पक्राउ गर्न दवाव दिइएको भन्दै आफुलाई पक्राउको कुनै डर नभएको जिकिर गरे । बस्नेतले जेनजीको नाममा अराजकता मच्चाउनेविरुद्ध देशव्यापी अभियान चलाइने उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।