नेभिगेशन
समाज

जेनजीको समर्थनमा जेन वाई संगठित हुँदै, 'जेन वाई रिबेलियन' घोषणा

काठमाडौँ । जेनजीको आन्दोलनमा माग प्रति संवेदनशील नभएको भन्दै जेन वाई रिबेलियनले असन्तुष्टि जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजीको आन्दोलनमा समर्थन गर्ने जेन वाई पुस्ताका युवाहरु जेन वाई रिबेलियनको नाममा सङ्गठित भएको संयोजक विजय कँडेलले बताए । उनीहरूले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका मागप्रति सरकारले चालेका कदम सन्तोषजनक नभएको जनाएको हो। 

Ncell
Extreme Energy

जेन वाई रिबेलियन वक्तव्य जारी गर्दै भ्रष्ट राजनीतिक प्रणाली, परिवारवाद र दलहरूमाथि आक्रोश प्रकट गर्दै अघि बढेको जेन जी आन्दोलनले आन्दोलनको पहिलो चरण पार गरेको उल्लेख गर्दै अब सर्वपक्षिय संविधान परिमार्जन सभाको गठन गर्नुपर्ने माग गरेको छ। 

रिबेलियनले जारी गरेको वक्तव्यमा भनिएको छ,“टाउकोमा कफन बाँधेर भ्रष्ट दलहरूसँग लड्ने हरेक नागरिकको माया, बलिदानी र राष्ट्रप्रतिको समर्पणलाई शब्दमा व्यक्त गर्न सकिँदैन। भ्रष्टाचार निर्मुल पारेर सहिदको सपना साकार पार्नु नै वास्तविक श्रद्धाञ्जलि हो।”

जेनजीका संघर्षलाई कमजोर पार्न खोजिए जेन वाई रिबेलियन पुनः संघर्षका लागि तयार रहेको चेतावनी समेत दिएका छन् । संयोजक कँडेलले भ्रष्ट शक्ति पुनः टाउको उठाउने प्रयासमा रहेको भन्दै आपत्ती जनाएको छ । 

आन्दोलनमा सहभागी युवाहरूमाथि धम्की आइरहेको उल्लेख गर्दै उनले विद्यार्थीमाथि गोली वर्षाउँदा मौन बस्ने बिधार्थी संगठन, सयौं युवाको छातीमा गोली चलाउँदा नबोल्ने युवा संगठनको भूमिका माथि प्रश्न गरेका थिए । 

जेन वाई  रिबेलियनले संविधान परिमार्जन सभाको माग समेत गरेको छ । २०७२ सालको संविधानले नयाँ पुस्ताको सपना र आकांक्षा सम्बोधन गर्न नसकेको ठहर गर्दै संविधान परिमार्जन सभा गठनको माग अघि सारेको जनाएको छ । 

वक्तव्यमा भनिएको छ, “वर्तमान संविधानले जनतालाई होइन, दलहरुलाई प्राथमिकता दिएको छ। २०७२ को संविधानले २०८२ को यथार्थ समेट्न सकेको छैन। रोजगार, शिक्षा, स्वतन्त्रता, डिजिटल अधिकार र नीतिगत सहभागिता यी विषय संविधानमा समेटिनु जरुरी छ।” संसद् विघटन भइसकेको र देश संवैधानिक संकटमा फसेको दाबी गर्दै संविधान संशोधन नै एक मात्र वैधानिक उपाय भएको बताएका छन्। “हामी संविधानविरोधी होइनौं, तर परिवर्तनको पक्षधर हौं। संविधान जनताको हुनुपर्छ, नेताहरूको होइन,” ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नायबसुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश

नायबसुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज  खड्कालाई थुनामा पठाउन आदेश गरेको हो ।
बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द थप

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द थप

वैशाख २१ गते राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका पाँचवटा माइक्रो बसका ८९ यात्रुको राति उद्धार गर्नुपरको थियो । यसको भोलिपल्टै...
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन

सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन

गठित समितिको संयोजकमा इन्जिनियर डा आभाष मास्के रहनुभएको छ । समितिको सदस्यमा उमेश रुपाखेती, टीकाराम कार्की र नवीनकुमार मिश्र छन् ।
लालिगुराँस बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नाम सार्वजनिक

लालिगुराँस बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नाम सार्वजनिक

ऋण नतिरी बसेकाहरुलाई  समितिको कार्यालयमा सम्पर्क गरी यथासिघ्र ऋण चुक्ता गर्न समितिले आग्रह गरेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने समितले बताएको छ ।