नेभिगेशन
समाज

जेनजीको समर्थनमा जेन वाई संगठित हुँदै, 'जेन वाई रिबेलियन' घोषणा

काठमाडौँ । जेनजीको आन्दोलनमा माग प्रति संवेदनशील नभएको भन्दै जेन वाई रिबेलियनले असन्तुष्टि जनाएको छ । 

जेनजीको आन्दोलनमा समर्थन गर्ने जेन वाई पुस्ताका युवाहरु जेन वाई रिबेलियनको नाममा सङ्गठित भएको संयोजक विजय कँडेलले बताए । उनीहरूले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका मागप्रति सरकारले चालेका कदम सन्तोषजनक नभएको जनाएको हो। 

जेन वाई रिबेलियन वक्तव्य जारी गर्दै भ्रष्ट राजनीतिक प्रणाली, परिवारवाद र दलहरूमाथि आक्रोश प्रकट गर्दै अघि बढेको जेन जी आन्दोलनले आन्दोलनको पहिलो चरण पार गरेको उल्लेख गर्दै अब सर्वपक्षिय संविधान परिमार्जन सभाको गठन गर्नुपर्ने माग गरेको छ। 

रिबेलियनले जारी गरेको वक्तव्यमा भनिएको छ,“टाउकोमा कफन बाँधेर भ्रष्ट दलहरूसँग लड्ने हरेक नागरिकको माया, बलिदानी र राष्ट्रप्रतिको समर्पणलाई शब्दमा व्यक्त गर्न सकिँदैन। भ्रष्टाचार निर्मुल पारेर सहिदको सपना साकार पार्नु नै वास्तविक श्रद्धाञ्जलि हो।”

जेनजीका संघर्षलाई कमजोर पार्न खोजिए जेन वाई रिबेलियन पुनः संघर्षका लागि तयार रहेको चेतावनी समेत दिएका छन् । संयोजक कँडेलले भ्रष्ट शक्ति पुनः टाउको उठाउने प्रयासमा रहेको भन्दै आपत्ती जनाएको छ । 

आन्दोलनमा सहभागी युवाहरूमाथि धम्की आइरहेको उल्लेख गर्दै उनले विद्यार्थीमाथि गोली वर्षाउँदा मौन बस्ने बिधार्थी संगठन, सयौं युवाको छातीमा गोली चलाउँदा नबोल्ने युवा संगठनको भूमिका माथि प्रश्न गरेका थिए । 

जेन वाई  रिबेलियनले संविधान परिमार्जन सभाको माग समेत गरेको छ । २०७२ सालको संविधानले नयाँ पुस्ताको सपना र आकांक्षा सम्बोधन गर्न नसकेको ठहर गर्दै संविधान परिमार्जन सभा गठनको माग अघि सारेको जनाएको छ । 

वक्तव्यमा भनिएको छ, “वर्तमान संविधानले जनतालाई होइन, दलहरुलाई प्राथमिकता दिएको छ। २०७२ को संविधानले २०८२ को यथार्थ समेट्न सकेको छैन। रोजगार, शिक्षा, स्वतन्त्रता, डिजिटल अधिकार र नीतिगत सहभागिता यी विषय संविधानमा समेटिनु जरुरी छ।” संसद् विघटन भइसकेको र देश संवैधानिक संकटमा फसेको दाबी गर्दै संविधान संशोधन नै एक मात्र वैधानिक उपाय भएको बताएका छन्। “हामी संविधानविरोधी होइनौं, तर परिवर्तनको पक्षधर हौं। संविधान जनताको हुनुपर्छ, नेताहरूको होइन,” ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...