नेभिगेशन
समाज

दुई वर्ष अघि खिचिएको विपिन जोशीको भिडियो, अहिलेको अवस्था अज्ञात

काठमाडौँ । दुई वर्षदेखि गाजामा हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको   भिडियो क्लिप्स सार्वजनिक भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडियो भन्दै सार्वजनिक गरेको हो। 

Ncell
Extreme Energy

इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ २०२३ नोभेम्बरमा(दुई वर्षअघि)खिचिएको भनिएको ३३ सेकेन्डको भिडियोमा जोशी अंग्रेजीमा आफ्नो परिचय दिएका छन् ।

उनले भनेका छन्,‘मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको भएँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म यहाँ सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रमका लागि आएको थिएँ, म एक विद्यार्थी हुँ’, उनी भनिरहेका छन्, ‘म सिट्रस र कागती फार्ममा कृषि फार्ममा काम गर्छु।’

यो भिडियोसँगै उनी जीवित रहेको आशा पलाएको छ। तर त्यो भिडिओ २ वर्षअघिकै भएकाले विपिनको वर्तमान अवस्था अझै स्पष्ट छैन। 

२०८० भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी अहिले सम्म सम्पर्कविहीन भएका थिए । 

इजरायल गएको एक महिनामै असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भएको थियो । सोहि दिनबाट हमासले अपहरण गरेका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।
राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।