नेभिगेशन
मुख्य समाचार

पासपोर्ट रोक्का र उपत्यका बाहिर जान नदिने जस्ता तमासा नगर्न सरकारलाई केपी ओलीको चुनौति

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनुपर्ने बताएका छन् । 

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लुटपाट, विध्वंसबाट संसद विघटन गरिएको र लोकतन्त्रलाई ट्रयाक आउट गरिएको उल्लेख गर्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनस्र्थापना भएको बताए । 

Global Ime Bank

अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका लागि देशैभरी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष ओलीले संसद पुनस्र्थापनामा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताए । त्यस्तै उनले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको बताए । 

प्रधानमन्त्री हुने बित्तिकै संसद भंग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उनको नियतमै खोट रहेको उनले बताए । आफ्नो पासपोर्ट रोक्ने र उपत्यका बाहिर जान नदिने जस्तो तमासा नगर्न उनले सरकारलाई चुनौति दिए । 

उनले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताए । यसैगरि अध्यक्ष ओलीले जेनजी आन्दोलनका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन एमाले र नेपाली जनतालाई मान्य नहुने बताए । 

‘अहिलेका गृहमन्त्रीको नाम पनि सुनेको थिइन् । गृहमन्त्री भएपछि थाहा पाएँ । गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन । गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, धेरै नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु । राजनीति ख्यालठट्टा होइन, देश चलाउने कुरा ख्यालठट्टा होइन । यस कुरलाई बुझेर चल्न सुझाव दिन चाहन्छु ।’ उनले भने । 

उनले सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले चुनावी एजेण्डा सरकारलाई दिएको स्पष्ट पारे । कतिपयले फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनस्र्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा उनले त्यति लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक...
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो । उनले भने,...
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...