नेभिगेशन
समाज

पासपोर्ट रोक्का र उपत्यका बाहिर जान नदिने जस्ता तमासा नगर्न सरकारलाई केपी ओलीको चुनौति

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लुटपाट, विध्वंसबाट संसद विघटन गरिएको र लोकतन्त्रलाई ट्रयाक आउट गरिएको उल्लेख गर्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनस्र्थापना भएको बताए । 

Ncell
Extreme Energy

अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका लागि देशैभरी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । अध्यक्ष ओलीले संसद पुनस्र्थापनामा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताए । त्यस्तै उनले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको बताए । 

प्रधानमन्त्री हुने बित्तिकै संसद भंग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उनको नियतमै खोट रहेको उनले बताए । आफ्नो पासपोर्ट रोक्ने र उपत्यका बाहिर जान नदिने जस्तो तमासा नगर्न उनले सरकारलाई चुनौति दिए । 

उनले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताए । यसैगरि अध्यक्ष ओलीले जेनजी आन्दोलनका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन एमाले र नेपाली जनतालाई मान्य नहुने बताए । 

‘अहिलेका गृहमन्त्रीको नाम पनि सुनेको थिइन् । गृहमन्त्री भएपछि थाहा पाएँ । गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन । गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, धेरै नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु । राजनीति ख्यालठट्टा होइन, देश चलाउने कुरा ख्यालठट्टा होइन । यस कुरलाई बुझेर चल्न सुझाव दिन चाहन्छु ।’ उनले भने । 

उनले सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले चुनावी एजेण्डा सरकारलाई दिएको स्पष्ट पारे । कतिपयले फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनस्र्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा उनले त्यति लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै