नेभिगेशन
मुख्य समाचार

एमालेको युवा संघले काठमाडौँमा मोटरसाईकल र्याली गर्न नपाउने

काठमाडौँ । नेकपा एमालेनिकट युवा संघले काठमाडौँमा मोटरसाइकल र्याली निकाल्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।’

CG

एमाले नेता महेश बस्नेतले काठमाडौँको तीनकुने क्षेत्रमा शनिबार मोटरसाईकल र्याली गरी शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए । त्यस्तै राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो । 

तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने बताइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...

भर्खरै