नेभिगेशन
मुख्य समाचार

ओली, लेखक पक्राउ गरे राजीनामा दिने चेतावनी दिएको छैनः प्रहरी प्रमुख

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएमा राजीनामा दिने चेतावनी दिएको भनी आएको समाचारको खण्डन गरेको छ । 
महानिरीक्षकको सचिवालयले एक व्यक्ति जारी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग सौहार्दपूर्ण छलफल भएको दावी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनयता विभिन्न पत्रपत्रिकाहरू र सञ्चारमाध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले ‘पूर्वप्रधानमन्त्री केपि शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

Dish home
City Express

igp-bigyapti-1760090193.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।
सेनाले भन्योः छिटो भन्दा छिटो शान्ति कायम गराउन पहलकदमी लिइएको हो, टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको छ

सेनाले भन्योः छिटो भन्दा छिटो शान्ति कायम गराउन पहलकदमी लिइएको हो, टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको छ

विज्ञप्तीमा सेनाले भनेको छ, ‘नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ ।’
शान्ति सुरक्षा कायम गर्न आवश्यकता अनुसार पहल भएको छः नेपाली सेना

शान्ति सुरक्षा कायम गर्न आवश्यकता अनुसार पहल भएको छः नेपाली सेना

गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वत्वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आमनागरिकबाट प्राप्त भएका विभिन्न राय, सुझाव तथा समालोचनात्मक...
रास्वपाले बनायो सल्लाहकार परिषद्, जगन्नाथ पौडेलसहित ५ जना मनोनीत

रास्वपाले बनायो सल्लाहकार परिषद्, जगन्नाथ पौडेलसहित ५ जना मनोनीत

शोभा जोशी बिजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी), जय किशोर लाल (महोत्तरी)लाई पनि सदस्य मनोनीत गरेका छन्। बिजुक्छे समाजसेवी तथा उद्यमी हुन्। विश्वकर्मा जलस्रोत एवं सिंचाइ विज्ञ, लाल जनकपुर...