नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनमा बल प्रयोगका लागि आदेश दिएको थिइनँः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफुले कुनै आदेश नदिएको दावी गरेका छन् । 

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले आफु र प्रधानमन्त्रीले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताएका हुन् । 

Dish home
City Express

गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरुमा सत्यता नरहेको उनले बताए । लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको धारणा राखे । जेनजी पुस्ताले अघि सारेका मागहरुलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए । उनले अहिलेको अवस्थामा उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्न जरुरी रहेको जिकिर गरे ।

उनले राज्यका सवै निकायहरु कानूनसम्मत रुपमा चल्नुपर्नेमा जोड दिए । लेखकले आन्दोलनको छानविन गर्न आयोग गठन गरेको अवस्थामा मुलुकको संविधान र कानूनबमोजिम आयोगले काम गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।
सेनाले भन्योः छिटो भन्दा छिटो शान्ति कायम गराउन पहलकदमी लिइएको हो, टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको छ

सेनाले भन्योः छिटो भन्दा छिटो शान्ति कायम गराउन पहलकदमी लिइएको हो, टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको छ

विज्ञप्तीमा सेनाले भनेको छ, ‘नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ ।’
शान्ति सुरक्षा कायम गर्न आवश्यकता अनुसार पहल भएको छः नेपाली सेना

शान्ति सुरक्षा कायम गर्न आवश्यकता अनुसार पहल भएको छः नेपाली सेना

गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वत्वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आमनागरिकबाट प्राप्त भएका विभिन्न राय, सुझाव तथा समालोचनात्मक...
रास्वपाले बनायो सल्लाहकार परिषद्, जगन्नाथ पौडेलसहित ५ जना मनोनीत

रास्वपाले बनायो सल्लाहकार परिषद्, जगन्नाथ पौडेलसहित ५ जना मनोनीत

शोभा जोशी बिजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी), जय किशोर लाल (महोत्तरी)लाई पनि सदस्य मनोनीत गरेका छन्। बिजुक्छे समाजसेवी तथा उद्यमी हुन्। विश्वकर्मा जलस्रोत एवं सिंचाइ विज्ञ, लाल जनकपुर...