नेभिगेशन
मुख्य समाचार

अहिलेको सरकार मान्दिन भन्ने केपी ओलीको तर्कमा कुनै तुक छैनः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार मान्दिन भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताएका छन् । 

शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालिन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिन भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताएका हुन् । आफुहरु उक्त प्रक्रियाको साक्षी भएको उनले बताए । 

Global Ime Bank

त्यस्तै प्रचण्डले जेनजी आन्दोलनका क्रममा भूराजनीतिक शक्ति सन्तुलनले आफुहरु बचेको र धेरै ठूलो क्षति पनि भू–राजनीतिक चलखेल कै कारण भएको जिकिर गरे । 

उनले युवा पुस्तालाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिबाट चूनावका साथै संविधान सशोधनका लागि सबै राजनीतिक दलहरु एक हुनुपर्ने भएपनि अहिले पनि त्यस्तो अवस्था नदेखिएको बताए । 

देशको संकट समाधानका साथै निर्वाचन सफल पार्नका लागि सवै एकजुट हुनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । 

प्रचण्डले जनेजी आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि अनुसन्धान गरि कारवाही गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो । उनले भने,...
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।