नेभिगेशन
मुख्य समाचार

रास्वपाले कात्तिक १५ गते भित्रै उम्मेदवारी आह्वान गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कात्तिक १५ गते भित्र फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने तयारी गरेको छ । 
आज बसेको सचिवालय बैठकले प्रस्ताव गरिएको एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिका लागि सुझाव संकलन गरी कात्तिक १५ गते भित्र उम्मेदवारी आहनको तयारी गर्ने निर्णय गरेको हो । 
उम्मेदवार छनोटको विधिका लागि सुझाव संकलन गर्न सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गरेको छ । 

रास्वपाले भनेको छ,  ‘आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्ने पनि निर्णय भएको छ,’ ।

Global Ime Bank

rsp-1760096790.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ । नगरकोटसँगै...
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक...
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो । उनले भने,...
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...