नेभिगेशन
मुख्य समाचार

रास्वपाले बनायो सल्लाहकार परिषद्, जगन्नाथ पौडेलसहित ५ जना मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनका जगन्नाथ पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनीत गरेको छ । शुक्रबार बसेको रास्वपाको सचिवालय बैठकले वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ समेत रहेका पौडेललाई विज्ञ सदस्यमा मनोनीत गरेको हो । 
पौडेल २०७९ मा भरतपुर महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए । यस्तै तनहुँका नमस्तेलाल भूमिलाई पनि विज्ञ सदस्यकारुपमा मनोनित गरेको छ । उनी लामो समयदेखि सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञकारुपमा समेत काम गर्दै आएका छन् । 
यस्तै शोभा जोशी बिजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी), जय किशोर लाल (महोत्तरी)लाई पनि सदस्य मनोनीत गरेका छन्। बिजुक्छे समाजसेवी तथा उद्यमी हुन्। विश्वकर्मा जलस्रोत एवं सिंचाइ विज्ञ, लाल जनकपुर नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक...
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो । उनले भने,...
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...