नेभिगेशन
समाज

रास्वपाले बनायो सल्लाहकार परिषद्, जगन्नाथ पौडेलसहित ५ जना मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनका जगन्नाथ पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनीत गरेको छ । शुक्रबार बसेको रास्वपाको सचिवालय बैठकले वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ समेत रहेका पौडेललाई विज्ञ सदस्यमा मनोनीत गरेको हो । 
पौडेल २०७९ मा भरतपुर महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए । यस्तै तनहुँका नमस्तेलाल भूमिलाई पनि विज्ञ सदस्यकारुपमा मनोनित गरेको छ । उनी लामो समयदेखि सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञकारुपमा समेत काम गर्दै आएका छन् । 
यस्तै शोभा जोशी बिजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी), जय किशोर लाल (महोत्तरी)लाई पनि सदस्य मनोनीत गरेका छन्। बिजुक्छे समाजसेवी तथा उद्यमी हुन्। विश्वकर्मा जलस्रोत एवं सिंचाइ विज्ञ, लाल जनकपुर नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।