नेभिगेशन
समाज

शान्ति सुरक्षा कायम गर्न आवश्यकता अनुसार पहल भएको छः नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले आफ्नो सङ्गठनसम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरिदिन आमजनसमुदायमा अपिल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्यसमेत जानकारी गराएको छ ।

Ncell
Extreme Energy

गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वत्वर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आमनागरिकबाट प्राप्त भएका विभिन्न राय, सुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभारसमेत व्यक्त गरेको छ ।

आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ सेनाले आवश्यकतानुसार पहल गरेको समेत स्पष्ट पारेको छ ।

हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणाहरू सम्प्रेषण भएकामा नेपाली सेनाको ध्यानाकर्षण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै