नेभिगेशन
मुख्य समाचार

परीक्षामा पास गराइदिन साढे चार लाख घुस लिदैँ गर्दा नमूना माविका प्रधानाध्यापक र सहयोगी  पक्राउ

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँले रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सहित दुईजनालाई साढे चार लाख रुपैयाँ नगद घुस सहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साह र घुस बुझ्ने वीरगंजका उनका सहयोगी अरविन्द प्रकास साह रहेका छन् । 

Global Ime Bank

शनिवार (भोलि) हुने विद्यालयको मावि द्वितीय तहको रसायन विज्ञान विषयको परीक्षामा पास गराइदिने उद्देश्यले साढे चारलाख घुस माग गर्दा घुस सहित उनका सहयोगी अरविन्द प्रकाश साह र प्रधानाध्यापक संजय प्रसाद साहलाई घुस लिन अह्राउँदै गर्दा कुराकानीको क्रममा रौतहटबाट पक्राउ गरेको हो । 
वीरगंजका एकजना शिक्षकलाई रसायन विज्ञान विषयमा पास गराउनका लागि साढे चार लाख रुपैयाँ घुस माग गरेका थिए । सोही रकम लिने क्रममा प्रअ संजय प्रसाद साहका सहयोगी वीरगंजका अरविन्द प्रकाश साहलाई समेत पक्राउ गरेको हो । 

मावि द्वितीय तहको विज्ञापन खुलेकोमा वीरगंजका एकजना शिक्षक फर्म भरेका थिए । विद्यालय प्रधानाध्यापक संजय प्रसाद साहले घुस रकम माग गरी उनका नजिकका अरविन्द प्रकाश साहलाई घुस रकम बुझ्न लगाएका थिए । 
सोही घुस रकम लिने क्रममा अरविन्द प्रकाश साह वीरगंजको राधेमाई स्विटस एण्ड भोजनालयबाट र रौतहटबाट प्रधानाध्यापक संजय प्रसाद साह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।