नेभिगेशन
समाज

परीक्षामा पास गराइदिन साढे चार लाख घुस लिदैँ गर्दा नमूना माविका प्रधानाध्यापक र सहयोगी  पक्राउ

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँले रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सहित दुईजनालाई साढे चार लाख रुपैयाँ नगद घुस सहित पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद साह र घुस बुझ्ने वीरगंजका उनका सहयोगी अरविन्द प्रकास साह रहेका छन् । 

Ncell
Extreme Energy

शनिवार (भोलि) हुने विद्यालयको मावि द्वितीय तहको रसायन विज्ञान विषयको परीक्षामा पास गराइदिने उद्देश्यले साढे चारलाख घुस माग गर्दा घुस सहित उनका सहयोगी अरविन्द प्रकाश साह र प्रधानाध्यापक संजय प्रसाद साहलाई घुस लिन अह्राउँदै गर्दा कुराकानीको क्रममा रौतहटबाट पक्राउ गरेको हो । 
वीरगंजका एकजना शिक्षकलाई रसायन विज्ञान विषयमा पास गराउनका लागि साढे चार लाख रुपैयाँ घुस माग गरेका थिए । सोही रकम लिने क्रममा प्रअ संजय प्रसाद साहका सहयोगी वीरगंजका अरविन्द प्रकाश साहलाई समेत पक्राउ गरेको हो । 

मावि द्वितीय तहको विज्ञापन खुलेकोमा वीरगंजका एकजना शिक्षक फर्म भरेका थिए । विद्यालय प्रधानाध्यापक संजय प्रसाद साहले घुस रकम माग गरी उनका नजिकका अरविन्द प्रकाश साहलाई घुस रकम बुझ्न लगाएका थिए । 
सोही घुस रकम लिने क्रममा अरविन्द प्रकाश साह वीरगंजको राधेमाई स्विटस एण्ड भोजनालयबाट र रौतहटबाट प्रधानाध्यापक संजय प्रसाद साह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।
रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा भेलबाढी– १,३५५ शव फेला, करिब ५ हजार बेपत्ता

रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...