नेभिगेशन
मुख्य समाचार

राष्ट्रपति र जेनजी युवाहरुबीचको छलफल सोमबार हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीसहित जेनजी युवाहरुबीचको छलफल सोमबार मात्रै हुने भएको छ । 

शनिबार छलफलका लागि तयारी भएपनि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण सोमबारका लागि छलफल सारिएको हो । त्यसअघि केहि जेनजी युवाहरु शनिबार नै छलफलका लागि शितल निवास पुगेका थिए । 

CG

तर अरु जेनजी युवाहरुले भने आफ्ना निकटसंग मात्रै छलफल गर्न खोजेको भन्दै शितल निवास बाहिर विरोध जनाएका थिए । असन्तुष्ट युवाहरुले शितल निवासको गेटमा भित्रबाट आएको नाम हेर्न पाउनुपर्ने भन्दै विरोध गरेका हुन् । 

छलफलका लागि सरकारले छानेको सूचीमा आफुहरुको असहमति रहेको उनीहरुले जनाएका छन् । उनीहरुले निशंकुश तरिकाले आफु निकट जेनजी युवाहरुलाई मात्रै काखी च्याप्ने काम भएको गुनासो गरेका छन् । 

सोमबार हुने छलफलका लागि राष्ट्रपति पौडेलसँग छलफल गर्नका लागि जेन–जी अगुवाहरु सुदन गुरुङ, मिराज ढुंगाना, प्रवेश दाहाल लगाएत २० जनाको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

तोरी फुलेपछि पहेँलपुर चितवन (तस्बिरहरु)

कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । गत वर्ष...
इतिहासमा पहिलो पटक तेस्रोलिङ्गी अध्यक्ष रहेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

इतिहासमा पहिलो पटक तेस्रोलिङ्गी अध्यक्ष रहेको राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

महिला, दृष्टिविहीन, अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिन लागेका हुन् ।
आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग जेनजी शहिदका परिवारको माग

सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।