नेभिगेशन
मुख्य समाचार

हिल्सा हुँदै  मानसरोवर कैलाश जाने तीर्थयात्रीको सङ्ख्या बृद्धि

सिमकोट । यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ ।
 
हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको बताए । 
 कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । 

सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए । एउटा होटलले रु १० लाखभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ ।
 
साढे छ हजार विदेशी पर्यटक हुम्ला भित्रिए

Dish home
City Express

चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि छ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ । 
जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने छ करिब छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनले भने, “अन्य देशका चार सय ५० जनासहित हुम्लामा छ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।” मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको यो सङ्ख्या यस वर्षको अब अन्तिम हो । 

मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्मका दैनिक दिन सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो । 

चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिनुभएका दीपेन्द्र भण्डारीले बताए । उनले भने, “मानसरोवर कैलाशको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमपछिको यो उल्लेखनीय सङ्ख्यामा भित्रिएका हुन् ।

जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट रु एक हजार १०० राजस्व सङ्कलन गर्दै आएको छभने अन्य देशका पर्यटकबाट एक हजार ५०० शुल्क लिने गरेको छ । 

मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका पाँच हजार ९५७ जनाबाट रु ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट रु छ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ ।

व्यस्त सिमकोट विमानस्थल सुनसान

पर्यटक आउँदाको समय दैनिक बिहानदेखि बेलुका ५ः०० बजेसम्म व्यस्त देखिएको सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ । जेठ, असार, साउन र भदौमा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरिकको समेत बाक्लो चहलपहल देखिए पनि असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको छ । मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम...
हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, जोशी सहित ४ जनाको शव इजरायललाई बुझाउँदै

हमासद्वारा विपिन जोशीको मृत्यु पुष्टि, जोशी सहित ४ जनाको शव इजरायललाई बुझाउँदै

इजरायलका मिडियाका अनुसार हमासले इ इलौज, योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । आजै इजरायली सेनाले विपिनको परिवार समेतलाई उनी जिवित रहेको प्रमाण फेला...
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका...
टिओबीका दावालाई ६ दिनको म्याद, पूरानो भिडियोमा देखाएको पेस्तोल पनि बरामद

टिओबीका दावालाई ६ दिनको म्याद, पूरानो भिडियोमा देखाएको पेस्तोल पनि बरामद

दावा विरुद्ध आन्दोलनमा हतियार देखाएको भन्दै एउटा भिडियो समेत भाइरल भएको थियो । तर उक्त भिडियो जेनजी आन्दोलन भन्दा पहिलेनै उनले टिकटकमा राखेको देखिएको छ । भिडियोमा देखाएको...