नेभिगेशन
समाज

इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप्टस्थित दूतावासले गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दूतावासका अनुसार मृतक सबै जना कूटनीतिक प्रतिनिधिमण्डलका सदस्य थिए । उनीहरू पछिल्ला दिनहरूमा गाजाको युद्धविराम र बन्धक मुक्तिका विषयमा भइरहेको वार्तामा सहभागी हुन लाल सागरको किनारमा अवस्थित शार्म अल–शेख सहर आएका थिए ।

Ncell
Extreme Energy

इजिप्टेली राज्य–सम्बन्धित समाचार संस्था अल–काहेरा न्युजका अनुसार गाडीको स्टियरिङ नियन्त्रण गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाग्रस्त गाडीमा पाँच जना कतारी र एक जना इजिप्टेली चालक रहेका थिए ।

कायरोस्थित कतारी दूतावासले एक विज्ञप्ति जारी गर्दै तीन कूटनीतिज्ञको निधनप्रति ‘गहिरो दुःख र समवेदना’ व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “मृतक र घाइतेहरूलाई आइतबार नै विशेष कतारी विमानमार्फत दोहा लगिनेछ।” साथै, दुई जना घाइतेलाई हाल शार्म अल–शेख अन्तर्राष्ट्रिय अस्पतालमा आवश्यक उपचार दिइरहेको उल्लेख गरिएको छ ।

कतारले पछिल्ला महिनाहरूमा गाजाको युद्धविरामका लागि इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर सक्रिय मध्यस्थता गर्दै आएको छ । उक्त प्रयासका क्रममा इजरायलले गत शुक्रबार बिहान ०९ः०० जिएमटीदेखि युद्धविराम लागू भएको घोषणा गरेको थियो ।

यसैबीच शार्म अल–शेख सहरले सोमबारदेखि सुरु हुने शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको छ । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले संयुक्त अध्यक्षता गर्नुहुनेछ ।

यो बैठकमा गाजा पट्टीमा जारी युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गर्न २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै