नेभिगेशन
मुख्य समाचार

इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु

इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप्टस्थित दूतावासले गरेको हो ।

दूतावासका अनुसार मृतक सबै जना कूटनीतिक प्रतिनिधिमण्डलका सदस्य थिए । उनीहरू पछिल्ला दिनहरूमा गाजाको युद्धविराम र बन्धक मुक्तिका विषयमा भइरहेको वार्तामा सहभागी हुन लाल सागरको किनारमा अवस्थित शार्म अल–शेख सहर आएका थिए ।

CG

इजिप्टेली राज्य–सम्बन्धित समाचार संस्था अल–काहेरा न्युजका अनुसार गाडीको स्टियरिङ नियन्त्रण गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाग्रस्त गाडीमा पाँच जना कतारी र एक जना इजिप्टेली चालक रहेका थिए ।

कायरोस्थित कतारी दूतावासले एक विज्ञप्ति जारी गर्दै तीन कूटनीतिज्ञको निधनप्रति ‘गहिरो दुःख र समवेदना’ व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “मृतक र घाइतेहरूलाई आइतबार नै विशेष कतारी विमानमार्फत दोहा लगिनेछ।” साथै, दुई जना घाइतेलाई हाल शार्म अल–शेख अन्तर्राष्ट्रिय अस्पतालमा आवश्यक उपचार दिइरहेको उल्लेख गरिएको छ ।

कतारले पछिल्ला महिनाहरूमा गाजाको युद्धविरामका लागि इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर सक्रिय मध्यस्थता गर्दै आएको छ । उक्त प्रयासका क्रममा इजरायलले गत शुक्रबार बिहान ०९ः०० जिएमटीदेखि युद्धविराम लागू भएको घोषणा गरेको थियो ।

यसैबीच शार्म अल–शेख सहरले सोमबारदेखि सुरु हुने शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको छ । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले संयुक्त अध्यक्षता गर्नुहुनेछ ।

यो बैठकमा गाजा पट्टीमा जारी युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गर्न २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले उपाध्यक्ष पोखरेलले महासचिवलाई बुझाए ४० पृष्ठ लामो अवधारणा पत्र

एमाले उपाध्यक्ष पोखरेलले महासचिवलाई बुझाए ४० पृष्ठ लामो अवधारणा पत्र

सोमबार च्यासलस्थीत पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन । पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या...
नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिनेः हर्कराज साम्पाङ

नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिनेः हर्कराज साम्पाङ

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरुले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको...
थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका...
एमाले महाधिवेशन तयारीबारे छलफल

एमाले महाधिवेशन तयारीबारे छलफल

ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग...