नेभिगेशन
समाज

नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि उनीहरुविरुद्ध उजुरी दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह लगायतले उजुरी दिएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आउन उक्साएको, आगजनी, तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएकोले उनीमाथि अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ । उनीहरुले काठमाडौँ र ललितपुरमा उजुरी दिएका हुन् ।

Ncell
Extreme Energy

यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सुदन गुरुङसहित मृतकका परिवारका सदस्य प्रहरीकोमा पुगेका थिए । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि सोसल मिडियामा एरेस्ट केपी र एरेस्ट रमेश लेखक भन्दै अभियान नै चलाइएको थियो । त्यसपछि प्रहरीले जाहेरी बुझेर अन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा पठाएको थियो । 

सोही दिन बालेन र सुदनविरुद्ध काउन्टर उजुरी लिएर एमाले निकट विद्यार्थी संगठन काठमाडौँ प्रहरी परिसर पुगेको थियो । त्यसपछि बिभिन्न जिल्लामा बालेन र सुनदविरुद्ध उजुरी परेको छ । 

यता केपी ओली र रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले प्रहरीमै फिर्ता पठाईदिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै