नेभिगेशन
मुख्य समाचार

जनतालाई अनुभूति दिलाउने गरी कार्य गर्न प्रेस काउन्सिल नेपाललाई मन्त्री खरेलको सुझाव

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरेका हुन ।

Dish home
City Express

उनले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नु पर्ने धारणा व्यक्त गरेका हुन । मन्त्री खरेलले मुलुकमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत हुने सञ्चार माध्यमको जिम्मा राज्यले लिनुपर्ने आवश्यकता औँल्याका थिए ।
 
प्रेस काउन्सिल आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता स्थापित हुनुपर्नेमा मन्त्री खरेलले जोड दिए । उनले भने, “पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै कानुनलाई परिवर्तित अवस्था अनुरुप अघि बढाउन नसक्दा अनेक चुनौती खडा भएको छ ।  सामाजिक सञ्जालमा जे–जस्ता मिथ्या, गलत, घृणाजन्य सूचनामार्फत एक अर्कालाई गाली–गलौज, बादप्रतिवाद  र आक्रमण गर्ने कार्यले सम्पूर्ण राज्यको समयन्त्र चिन्तित हुनुपर्ने अवस्था छ ।”

मन्त्री खरेलले नेपालमा दर्ता भएका सामाजिक सञ्जालको नियमन गर्ने सन्दर्भमा सचेतनामूलक सन्देश दिने सामग्री प्रसारण गर्न काउन्सिललाई सुझाव दिए । उनले काउन्सिललाई कस्तो खाले जनशक्ति र उपकरण आवश्यक परेको छ र कसरी काम गर्दा सामाजिक सञ्जाललाई नियमन गर्न सहज हुन्छ त्यसको यकिन गरी तत्काल कार्यदल बनाएर काम गर्न पनि सुझाव दिए हुन ।

मुलुक आम निर्वाचनको तयारी गरिरहेको अवस्थामा  आचारसंहिताको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले भने, “प्रेस काउन्सिल स्वायत्त निकाय हो, यसलाई मन्त्रालयले हस्तक्षेप गर्दैन । नीतिगत निर्णय र सहयोग गर्न मन्त्रालय तत्पर छ ।”

खरेलले आम जनता, सरकार र सबै सरोकारबाला निकायको अपेक्षाअनुरुप काउन्सिलले सक्रिय र स्वतन्त्ररुपले काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्यस अवसरमा मन्त्रालयका सचिव राधिका अर्यालले काउन्सिललाई आवश्यक पर्ने  सबै खाले सहयोग उपलब्ध हुने विश्वास दिलाएका छन् । काउन्सिलका सदस्य एवम् कार्यक्रमका अध्यक्षता गर्नुभएका सदस्य बालकृष्ण अधिकारीले काउन्सिलमा प्राविधिक आवश्यक जनशक्ति र बजेटको अभावकाबीच कार्यसम्पादन गर्दै आएको बताए ।

यसअघि काउन्सिलका मुख्य प्रशासकिय अधिकृत झबिन्द्र भुषालले काउन्सिको समग्र वस्तुस्थिति र कामकारबाहीकाबारे जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधानको रक्षार्थ समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

संविधानको रक्षार्थ समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत...
रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’–ट्रम्प

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’–ट्रम्प

राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “राष्ट्रपति पुटिनले अहिले युद्ध (युक्रेनमा) अन्त्य गर्नुपर्छ । यो युद्ध एक हप्ताभित्र सकिनुपर्ने थियो, तर अब चाँडै चौथो वर्षमा...
छठीपुजाका लागि राष्ट्रपति पौडेल गौरीघाटमा

छठीपुजाका लागि राष्ट्रपति पौडेल गौरीघाटमा

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गरेका हुन । राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता...
छठ मनाउन राष्ट्रपति पौडेल पत्नी सहित गौरीघाटमा(तस्बिहरु)

छठ मनाउन राष्ट्रपति पौडेल पत्नी सहित गौरीघाटमा(तस्बिहरु)

छठ पर्वका अवसरमा सोमबार सार्वजनिक विदा समेत दिइएको छ ।