नेभिगेशन
समाज

मोदी र अमेरिकी दूत गोरके बिचभेटवार्ता–व्यापार, रक्षा, प्रविधि र महत्त्वपूर्ण खनिज क्षेत्रबारे विस्तृत छलफल

भारतका लागि नवनियुक्त अमेरिकी राजदूत सर्जियो गोरले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो पहिलो औपचारिक भेटवार्ता सम्पन्न भएपछि आगामी दिनमा भारत–अमेरिका सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुवै नेताबीच व्यापार, रक्षा, प्रविधि र महत्त्वपूर्ण खनिज क्षेत्रबारे विस्तृत छलफल भएको जनाइएको छ । गोर र मोदीबीचको यो बैठक विश्वका दुई ठूला प्रजातान्त्रिक राष्ट्रबीच पछिल्ला महिनामा उत्पन्न केही नीतिगत असहमति र आर्थिक तनावका बीचमा भएको हो ।

Ncell
Extreme Energy

पछिल्ला विवादहरूमा कर वृद्धि, व्यापार सम्झौतामा ढिलाइ र एच–१ बी कुशल कामदार भिसाको वार्षिक शुल्कसम्बन्धी अमेरिकी नीतिगत परिवर्तनहरू रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि पछिल्ला दिनहरूमा बढ्दो दबाब दिएका छन् । दशौँ वर्षदेखि अमेरिकाली नीति निर्माता र विश्लेषकहरूले भारतलाई चीनको सन्तुलनका रूपमा हेर्दै आएका भए पनि ट्रम्प प्रशासनले रुसबाट तेल खरिद गरेका कारण भारतमाथि कडा कर लगाएको थियो ।

वासिङ्टनले यस कदमलाई युक्रेन युद्धमा मस्कोलाई सहयोग पुर्‍याएको दाबी गरेको छ । गत हप्ता अमेरिकी सिनेटबाट आफ्नो नियुक्ति पुष्टि भएपछि गोरले नयाँदिल्लीमा आफ्नो पहिलो औपचारिक वक्तव्य दिँदै भारत–अमेरिका सम्बन्धलाई सम्मान र विश्वासमा आधारित बनाउन चाहेको बताएका थिए ।

“हामीले प्रधानमन्त्री मोदीसँग रक्षा, व्यापार, प्रविधि र पारस्परिक हितका विषयमा फलदायी छलफल गर्‍यौँ”, गोरले शनिबार राति अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनेका छन् “हामीले दुवै राष्ट्रका लागि महत्त्वपूर्ण खनिजहरूको सामरिक मूल्य र सहकार्यका सम्भावनाबारे पनि चर्चा गर्‍यौँ ।”

गोरले अमेरिकाले भारतसँगको साझेदारीलाई गहिरो प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, “म हाम्रा दुवै राष्ट्रका लागि आउने दिनहरूबारे निकै आशावादी छु ।”

प्रधानमन्त्री मोदीले पनि गोरसँगको भेटलाई सौहार्दपूर्ण बताउँदै भारतमा उनको ‘सफल कार्यकाल’ को शुभकामना व्यक्त गरेका छन् । “मलाई विश्वास छ, उहाँको कार्यकालले भारत–अमेरिका व्यापक रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउनेछ”, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

गोरले भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र शीर्ष कूटनीतिज्ञ विक्रम मिस्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यी भेटवार्ताहरू हालै ट्रम्प र मोदीबीच भएका व्यापार वार्तासम्बन्धी संवाद र मेलमिलापपूर्ण सङ्केतहरूका क्रममा भएको बताइन्छ ।

यसै सन्दर्भमा यस हप्ताको सुरुमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई फोन गरी ‘ऐतिहासिक गाजा शान्ति योजनाको सफलता’ का लागि बधाई दिएका थिए । उनले संयुक्त राज्य अमेरिकालाई ‘भारतको घनिष्ठ मित्र र प्राकृतिक साझेदार’ का रूपमा वर्णन गरेका थिए ।

यद्यपि सार्वजनिक बयानहरू सौहार्दपूर्ण भए पनि पछिल्ला वर्षमा केही विवादास्पद नीति र आर्थिक तनावका कारण दुई देशबीचको सम्बन्ध कहिलेकाहीँ जटिल बनेको छ । विश्लेषकहरूले यस अवस्थाले भारतलाई चीनसँग सम्बन्ध सुधार गर्ने नयाँ अवसर खोज्न प्रेरित गरेको बताउँछन् ।

सन् २०२० मा भएको घातक सीमा झडपपछि भारत–चीन सम्बन्ध चिसिएको थियो । त्यसपछि नयाँदिल्लीले चिनियाँ मोबाइल एपहरूमा प्रतिबन्ध लगायो र संवेदनशील क्षेत्रमा चिनियाँ लगानीलाई रोक लगायो ।

भारत अमेरिकासँग व्यापार सम्झौता सुरु गर्ने पहिलो मुलुकहरूमध्ये एक भए पनि अहिलेसम्म आफ्नो कर भार करिब ५० प्रतिशतले घटाउने सम्झौता गर्न असफल भएको छ ।

राजदूत गोर भने ‘रक्षा र आर्थिक साझेदारीको नयाँ युग’ सुरु गर्न भारत र अमेरिका दुवै देश तयार छन् भन्नेमा विश्वस्त रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।