नेभिगेशन
मुख्य समाचार

काठमाडौंको भृकुटिमण्डपमा तिहार फ्लोरा एक्स्पो आयोजना हुदै

काठमाडौँ । नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज २८ गतदेखि काठमाडौंमा तेश्रो तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २८ देखि कार्तिक १ गतेसम्म तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जनाएको हो ।

Dish home
City Express

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेलाका संयोजक तथा संघका उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिए ।  मेलामा विभिन्न प्रजातीका फूल तथा नफुल्ने आलंकारिक फूलका विरुवालगायत कृषि तथा जडिबट्टी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटविरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने उनले बताए ।

मेलामा ६२ वटा व्यवसायिक स्टल रहने बताइएको छ । साथै, मेलामा मलखाद, अर्घानिक एवं रसायनिक बिषाधी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने उनले बताए । 

त्यस्तै व्यवसायीहरुको क्षमता बिकासका लागि स्वस्थ प्रतिष्पर्धा गराइ व्यवसायीहरुको हौसला बढाउन शिल्ड तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । उक्त मेलामा कम्तीमा ३५ हजारले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...
हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

नेतन्याहूको कार्यालयले बन्धक तथा बेपत्ता व्यक्तिहरूका लागि इजरायलका संयोजक गल हिर्शसँग उनीहरूको फिर्तीको तयारीका बारेमा कुराकानी गरेको जनाएको छ ।