नेभिगेशन
समाज

हमासले चाँडै बन्धक रिहाइको सङ्केत गरेपछि इजरायलद्वारा उनीहरूको सकुशल फिर्ताका लागि तयारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार इजरायलले बन्धकहरूलाई ‘तुरुन्त बुझ्ने र सकुशल’ रिहा गर्ने तयारी गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेतन्याहूको कार्यालयले बन्धक तथा बेपत्ता व्यक्तिहरूका लागि इजरायलका संयोजक गल हिर्शसँग उनीहरूको फिर्तीको तयारीका बारेमा कुराकानी गरेको जनाएको छ । एक इजरायली अधिकारीले सार्वजनिक प्रसारक कानसँग भने, “सेनाले बन्धकहरू सोमबार बिहानभन्दा पहिले आइपुग्ने अपेक्षा गरेको छ।”

Ncell
Extreme Energy

“आइडिएफले बन्धकहरुको रिहाइका लागि आफ्नो तयारी पूरा गरिसकेको छ र ट्रम्प आउनुअघि नै सबैलाई रिहा गरिने आँकलन गरेको छ,” अधिकारीले भनेका छन् । 

इजरायली सञ्चारमाध्यमका अनुसार हमासले मध्यस्थकर्ताहरूसँग यदि इजरायलले पहिले रिहाइ सूचीबाट हटाइएको सात उच्च प्रोफाइल प्यालेस्टिनी कैदीमध्ये कम्तिमा दुई जनालाई रिहा गरेको खण्डमा युद्धविराम सम्झौता अन्तर्गत सोमबारको समयसीमा भन्दा पहिले नै सबै २० जीवित बन्धकहरूलाई रिहा गर्न तयार छ। इजरायलले यो सर्त स्वीकार गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन।

युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजामा रहेका २० जीवित र २८ मृतक बन्धकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले लगभग दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्नेछ र इजरायली आक्रमणबाट तहसनहस भएको गाजा क्षेत्रमा थप मानवीय सहायता प्रवेशका लागि अनुमति दिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।