नेभिगेशन
मुख्य समाचार

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो । “यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ”, सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ, “साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

CG

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियोे । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...

भर्खरै