नेभिगेशन
मुख्य समाचार

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ आज सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले आज ‘वेबसाइट’मार्फत सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को निर्णय भोलिपल्ट शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जानकारी दिएका थिए । 

CG

गत पुस २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा खोजबिन समितिका सदस्य महेन्द्र थापाले सो प्रतिवेदन हस्तान्तरण गरेका थिए । विसं २०८० जेठ १७ गते मन्त्रिपरिषद्बाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा समाधानका उपायसमेत सुझाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आह्वान

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आह्वान

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले निजी सञ्चार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न आह्वान गरेका हुन । कानूनमा नै औपचारिक क्षेत्र सामाजिक सुरक्षाको...
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा(तस्बिरहरु)

२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख कृष्णबहादुर महरा(तस्बिरहरु)

सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो

नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो

बिहीबार ३३३ कम्पनीको एक करोड ४६ लाख ९३र हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार...
एनपिएलः पोखराद्वारा जनकपुर सामु १५६ रनको लक्ष्य

एनपिएलः पोखराद्वारा जनकपुर सामु १५६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोडेको हो । व्याटिङ तर्फ पोखराका युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका...