नेभिगेशन
मुख्य समाचार

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

पाँचथर । पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।

गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि देखि सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको हो । डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जीनीयर मुकेश शाहले जानकारी दिए ।
    
यस सडकले फिदिम नगरपालिका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिका–३ देखि ८ लाई सदरमुकामसम्म जोड्छ । फेमे खोलामा सडक अवरुद्ध भएपछि खोलाको वारिपारी रहेका सवारीसाधनले यात्रुलाई गन्तब्यसम्म पुर्‍याउँदै आएका छन् ।

CG

 यात्रुले करिब १५ मिनेट पैदलयात्रा गरेर खोला पार गर्दै आएका छन् । गत बिहीबारदेखि डाइभर्सन र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यस ठाउँमा रहेको सडक पुल बगाएको थियो । सडक पुल बगेपछि यहाँ अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो । 

उक्त स्थायी डाइभर्सन असोज १८ गतेको बाढीले बगाएको हो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावका कारण काम हुन सकेको छैन । बाढीले डाइभर्सन बगाएपछि यात्रुहरु आवतजावत गर्नका लागि नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ । तर सामग्री ढुवानी तथा स्थानीय उत्पादनको निकासी, बिरामी तथा असक्तलाई खोला पार गराउन समस्या पर्ने गरेको फिदिम–११ का लोकबहादुर बुढाथोकीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै