नेभिगेशन
मुख्य समाचार

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

इलाम । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन । 

उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । प्रमुख जिल्ला अधिकारी नेपालले भनिन् “सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू–संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन” ।

CG

सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताइन ।

तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भएपनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन । 

    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताएका हुन ।...
काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

काँग्रेस विशेष महाधिवेशनमा दुई हजार बढी प्रतिनिधि उपस्थित, सोमबार बिहान ८ बजेदेखि बन्द सत्र

आइतबारदेखि काठमाडौँमा सुरुभएको काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने विशेष महाधिवेशन सचिवालयले जनाइएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा साँझ पाँच बजेसम्ममा देशभरबाट विशेष महाअधिवेशनमा दुइ हजार ३५ जनाले...
राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अव अन्य २...

भर्खरै