नेभिगेशन
मुख्य समाचार

दसैँ सकिएसँगै किसान बाली भित्र्याउन व्यस्त

हुम्ला । बडादसैँ सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन् । किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् । 

दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका–५ का मुक्ति रावतले बताए । दसैँ अवधिभर हुम्लाका किसानले सबै बालीनाली घरमा भित्र्याइ सकेका छन् । अब घाँस काट्न मात्रै बाँकी रहेको रावतले बताए । 

Dish home
City Express

जिल्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन् । माथिल्लो हुम्लामा अधिकांश बाली पाकिसकेको छ । चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलुलगायत बाली थन्क्याउने चटारो रहेको खार्पुनाथकी  प्रगति रोकायाले बताए । समयमै बाली नभित्र्याउँदा गाईवस्तु जथाभावी खेतबारीमा छोडिने भएकाले समयमै बाली भित्र्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

यसपाली दसैँ चाँडै परेकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ । बाली पाकिसकेपछि बेलैमा नथन्क्याए झर्ने समस्या हुन्छ । कामको चाप दसैँ सकिए लगतै बढेको छ । बाली थन्क्याउन किसानले खेतमै राति अबेरसम्म काम गर्ने गरेका सिमकोट–२ की गौरी बोहराले बताए ।

उनले भने, “पहिला चिनो, फापर, कागुनो र सिमी भित्र्याउँछौँ । ती बाली भित्र्याएपछि मकै, कोदो, मार्से, आलु र धान बालीको पालो आउँछ”, । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर

कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर

पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र...
मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’को तयारी

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’को तयारी

जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिइन । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा...
हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहेका बेला उक्त...
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...