नेभिगेशन
समाज

दसैँ सकिएसँगै किसान बाली भित्र्याउन व्यस्त

हुम्ला । बडादसैँ सकिएसँगै हुम्लाका किसान यतिबेला खेतबारीको काममा व्यस्त देखिएका छन् । किसान यतिबेला खेतमा लगाएको विभिन्न बाली भित्र्याउन थालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँ सकिएपछि मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले छोएको छ । सदरमुकामवासीले फापर, चिनो, सिमी, कोदो, कागुनोलगायत बाली घरमा भित्र्याइसकेका छन् । उनीहरुले हिउँदमा गाईवस्तुका लागि घाँस मात्रै भित्र्याउन बाँकी रहेको सिमकोट गाउँपालिका–५ का मुक्ति रावतले बताए । दसैँ अवधिभर हुम्लाका किसानले सबै बालीनाली घरमा भित्र्याइ सकेका छन् । अब घाँस काट्न मात्रै बाँकी रहेको रावतले बताए । 

Ncell
Extreme Energy

जिल्लाका खार्पुनाथ, सर्केगाड, चङ्खेली, ताँजकोट, अदानचुली र नाम्खा गाउँपालिकाका किसान बाली भित्र्याउन व्यस्त छन् । माथिल्लो हुम्लामा अधिकांश बाली पाकिसकेको छ । चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलुलगायत बाली थन्क्याउने चटारो रहेको खार्पुनाथकी  प्रगति रोकायाले बताए । समयमै बाली नभित्र्याउँदा गाईवस्तु जथाभावी खेतबारीमा छोडिने भएकाले समयमै बाली भित्र्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

यसपाली दसैँ चाँडै परेकाले तल्लो हुम्लाका किसानलाई बाली भित्र्याउन सहज भएको छ । बाली पाकिसकेपछि बेलैमा नथन्क्याए झर्ने समस्या हुन्छ । कामको चाप दसैँ सकिए लगतै बढेको छ । बाली थन्क्याउन किसानले खेतमै राति अबेरसम्म काम गर्ने गरेका सिमकोट–२ की गौरी बोहराले बताए ।

उनले भने, “पहिला चिनो, फापर, कागुनो र सिमी भित्र्याउँछौँ । ती बाली भित्र्याएपछि मकै, कोदो, मार्से, आलु र धान बालीको पालो आउँछ”, । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।