नेभिगेशन
मुख्य समाचार

बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकता छः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

सोमबार ललितपुरमा विपद् जोखिम न्यूनीकरण चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

Dish home
City Express

भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगाएतका बिपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उनले बताए । उनले विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु  आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

अर्यालले बिपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचक यन्त्र विस्तार गरिएको, समूदायमा आधारित जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिबृद्धि कार्यक्रम चलाइएको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले समूदायलाई बलियो बनाउन सके बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहज हुने भएकाले क्षमता अभिवृद्धिमा ध्यान दिइएको बताएका हुन । धेरै स्थानमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम सुुरु भइसकेको जानकारी दिदै उनले यसलाई देश व्यापी बनाइएको जानकारी दिए ।

भट्टले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघले प्रदेशलाई गोदामघर हस्तान्तरण गरेकाले केहि सहज भएको उल्लेख गर्दै अवस्था स्थानीय तहमा पनि गोदामघरको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर

कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर

पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र...
मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’को तयारी

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’को तयारी

जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिइन । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा...
हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहेका बेला उक्त...
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...