नेभिगेशन
समाज

चुनाव अगावै पार्टीको महाधिवेशन गर्न नेविसंघको माग

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चूनाव भन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीमा रहेका युवाहरुको भावनालाई बुझ्दै निर्वाचन अघि महाधिवेशन गरेर पार्टीलाई शुद्धिकरणतर्फ अघि बढाउन माग गरेका हुन । उनले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासन र पारदर्शीता गर्ने उदेश्यका साथ पार्टीका सवै तहमा बसेका व्यक्तिको सम्पतिको अध्यावधिक विवरण प्रत्येक बर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्वन गर्न समेत माग गरेका छन् ।

Ncell
Extreme Energy

जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र वेतिथी विरुद्धको आवाजलाई संस्थागत अभियानका रुपमा अघि बढाइने उनले बताए । अध्यक्ष शेर्पाले जनेजी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री र गृहमन्त्री छानविनको क्रममा दोषि देखिए कारवाही हुनुपर्ने र काठमाडौं महानगर प्रमुख बालेन शाहमाथि पनि छानविन गरि दोषि देखि कारवाही गर्नुपर्ने बताए ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेर बहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारवाही गर्न माग समेत गरेका छन् । त्यस्तै, नेविसंघले देशको शान्ति सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरुको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।