नेभिगेशन
मुख्य समाचार

चुनाव अगावै पार्टीको महाधिवेशन गर्न नेविसंघको माग

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले फागुन २१ गते तोकिएको निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चूनाव भन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने जनाएको हो ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पार्टीमा रहेका युवाहरुको भावनालाई बुझ्दै निर्वाचन अघि महाधिवेशन गरेर पार्टीलाई शुद्धिकरणतर्फ अघि बढाउन माग गरेका हुन । उनले पार्टीलाई भ्रष्टाचार र बेतिथिबाट मुक्त गर्दै सुशासन र पारदर्शीता गर्ने उदेश्यका साथ पार्टीका सवै तहमा बसेका व्यक्तिको सम्पतिको अध्यावधिक विवरण प्रत्येक बर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्वन गर्न समेत माग गरेका छन् ।

Dish home
City Express

जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र वेतिथी विरुद्धको आवाजलाई संस्थागत अभियानका रुपमा अघि बढाइने उनले बताए । अध्यक्ष शेर्पाले जनेजी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री र गृहमन्त्री छानविनको क्रममा दोषि देखिए कारवाही हुनुपर्ने र काठमाडौं महानगर प्रमुख बालेन शाहमाथि पनि छानविन गरि दोषि देखि कारवाही गर्नुपर्ने बताए ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेर बहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारवाही गर्न माग समेत गरेका छन् । त्यस्तै, नेविसंघले देशको शान्ति सुरक्षा र स्थायीत्व कायम गर्न जिम्मेवार सुरक्षा संयन्त्रहरुको मनोबल बढाउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर

कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर

पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र...
मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’को तयारी

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’को तयारी

जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिइन । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा...
हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा रहेका बेला उक्त...
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...