नेभिगेशन
मुख्य समाचार

पुटिनलाई चेतावनी दिन सक्ने ट्रम्पको भनाइः युक्रेनलाई टोमाहाक मिसाइल प्राप्त हुनसक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताएका छन् । सो अनुसार यदि मस्कोले युक्रेनमाथिको आक्रमण रोक्ने प्रयास नगरे किएभले टोमाहाक क्रुज मिसाइलहरू प्राप्त गर्न सक्छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै भने, “म पुटिनसँग पुनः कुरा गर्न सक्छु र भन्न सक्छु – ‘हेर्नुहोस्, यदि यो युद्ध समाप्त हुने छैन भने, म युक्रेनलाई टोमाहाक पठाउनेछु ।” उनका अनुसार अगस्ट महिनामा अलास्कामा भएको पुटिनसँगको भेटवार्ताले अपेक्षित शान्ति सम्झौता जन्माउन सकेन । त्यसपछि ट्रम्प प्रशासनले युरोपेली साझेदारहरूमार्फत किएभलाई लामो दूरीका मिसाइल आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ ।

CG

“युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार भएको टेलिफोन संवादमा अमेरिकाबाट नयाँ हतियार आपूर्ति, विशेषगरी टोमाहाकबारे माग गर्नुभएको थियो”, ट्रम्पले भने, “टोमाहाक आपूर्ति कुनै आक्रामक कदम होइन, तर यो आवश्यक सन्देश हो — के उनीहरू ती मिसाइलहरू आफ्नो दिशामा आउन चाहन्छन्म, लाई लाग्दैन ।”

रुसी राष्ट्रपति पुटिनले यसअघि नै वासिङ्टनलाई चेतावनी दिँदै किएभलाई टोमाहाक मिसाइल आपूर्ति नगर्न आग्रह गरेका थिए । उनका अनुसार त्यसले अमेरिकासँगको सम्बन्धमा ठूलो तनाव ल्याउन सक्नेछ र युद्ध अझ बढ्न सक्छ ।

राष्ट्रपति ट्रम्पले भने यो युक्रेन युद्ध आफ्नो कार्यकालमा समाधान गर्न चाहने प्रमुख चुनौतीहरूमध्ये एक रहेको उल्लेख गरेका थिए । उनका अनुसार अब चौथो वर्षमा पुगेको यो युद्ध सन् २०२२ फेब्रुअरीमा सुरु भएको हो, जब रुसले पश्चिम समर्थक युक्रेनमाथि पूर्ण आक्रमण आरम्भ गरेको थियो ।

ट्रम्पले अहिले पनि गाजा शान्ति सम्झौता र मध्यपूर्वीय स्थायित्वका लागि इजरायल र इजिप्ट भ्रमण गरिरहेका छन् । उनको भनाइमा शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले दृढ इच्छाशक्ति देखाउनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले उपाध्यक्ष पोखरेलले महासचिवलाई बुझाए ४० पृष्ठ लामो अवधारणा पत्र

एमाले उपाध्यक्ष पोखरेलले महासचिवलाई बुझाए ४० पृष्ठ लामो अवधारणा पत्र

सोमबार च्यासलस्थीत पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन । पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या...
नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिनेः हर्कराज साम्पाङ

नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिनेः हर्कराज साम्पाङ

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरुले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको...
थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका...
एमाले महाधिवेशन तयारीबारे छलफल

एमाले महाधिवेशन तयारीबारे छलफल

ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग...