नेभिगेशन
मुख्य समाचार

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगाएत असन्तुष्ट पक्षले अध्यक्ष पंकज विक्रम नेम्वाङको राजीनामा माग गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् । एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले ए डिभिजन लिगका लागि टीमहरु तयार हुँदा पनि अध्यक्षले लिग सञ्चालनमा उदासीनता देखाएको आरोप लगाएका छन् ।

CG

उनले नेतृत्वले फुटबलको बिकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरुमा उदासीनता देखाएको, सरोकारवालाहरुको आवाजलाई वेवास्ता गरेको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको बताए । दशरथ रंगशालालाई अन्तराष्ट्रिय खेलहरु खेलाउनका आवश्यक मापदण्ड अनुसार योग्य बनाउन एन्फा नेतृत्व असफल भएको उनको भनाइ छ ।

उनले एन्फाको नेतृत्व एकलौटी ढंगले अघि बढे अर्ली इलेक्सनका लागि दवाव दिने स्पष्ट पारेका छन् । उनीहरुले एन्फाको साधारणसभाले तय गरेका कार्यक्रमहरुलाई समयमा नै आयोजना गर्न नसकेको, खेलाडीलाई प्रोत्साहनको कामी, अपारदर्शी आर्थिक गतिविधि, अन्तराष्ट्रिय खेल सञ्चालनमा असफलता लगाएतका आरोप लगाएका छन् ।

खड्काले एन्फाभित्र समस्या उत्पन्न हुँदा अध्यक्ष पंकज नेम्वाङ कसैलाई जानकारी नगराइ साउदी अरब पुगेको आरोप समेत लगाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन...
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...

भर्खरै