नेभिगेशन
समाज

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगाएत असन्तुष्ट पक्षले अध्यक्ष पंकज विक्रम नेम्वाङको राजीनामा माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् । एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले ए डिभिजन लिगका लागि टीमहरु तयार हुँदा पनि अध्यक्षले लिग सञ्चालनमा उदासीनता देखाएको आरोप लगाएका छन् ।

Ncell
Extreme Energy

उनले नेतृत्वले फुटबलको बिकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरुमा उदासीनता देखाएको, सरोकारवालाहरुको आवाजलाई वेवास्ता गरेको तथा संस्थागत पारदर्शिता कायम गर्न नसकेको बताए । दशरथ रंगशालालाई अन्तराष्ट्रिय खेलहरु खेलाउनका आवश्यक मापदण्ड अनुसार योग्य बनाउन एन्फा नेतृत्व असफल भएको उनको भनाइ छ ।

उनले एन्फाको नेतृत्व एकलौटी ढंगले अघि बढे अर्ली इलेक्सनका लागि दवाव दिने स्पष्ट पारेका छन् । उनीहरुले एन्फाको साधारणसभाले तय गरेका कार्यक्रमहरुलाई समयमा नै आयोजना गर्न नसकेको, खेलाडीलाई प्रोत्साहनको कामी, अपारदर्शी आर्थिक गतिविधि, अन्तराष्ट्रिय खेल सञ्चालनमा असफलता लगाएतका आरोप लगाएका छन् ।

खड्काले एन्फाभित्र समस्या उत्पन्न हुँदा अध्यक्ष पंकज नेम्वाङ कसैलाई जानकारी नगराइ साउदी अरब पुगेको आरोप समेत लगाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।

भर्खरै