नेभिगेशन
मुख्य समाचार

कोशीले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने

कोशी । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी र पछिल्ला बाढी–पहिरोले पुगेको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याई रोक्का राख्ने निर्णय गरिएको जानकारी दिइन ।

Dish home
City Express

प्रदेशका कार्यालय र पूर्वाधारमा भएको क्षतिको पुनःनिर्माणका लागि तत्काल स्रोत जुटाउन बजेट कटौती गरिएको उनले बताए । मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा एघारौँ तहका इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको उनले बताए ।

बैठकले विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्नेगरी रकमान्तरलाई खुला गर्ने निर्णय गर्दै प्रभावित क्षेत्रका पुनर्संरचनालाई शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भण्डारीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका...
टिओबीका दावालाई ६ दिनको म्याद, पूरानो भिडियोमा देखाएको पेस्तोल पनि बरामद

टिओबीका दावालाई ६ दिनको म्याद, पूरानो भिडियोमा देखाएको पेस्तोल पनि बरामद

दावा विरुद्ध आन्दोलनमा हतियार देखाएको भन्दै एउटा भिडियो समेत भाइरल भएको थियो । तर उक्त भिडियो जेनजी आन्दोलन भन्दा पहिलेनै उनले टिकटकमा राखेको देखिएको छ । भिडियोमा देखाएको...
सञ्चारमाध्यमलाई निर्वाचनको माहोल बनाउन मन्त्री खरेलको आग्रह

सञ्चारमाध्यमलाई निर्वाचनको माहोल बनाउन मन्त्री खरेलको आग्रह

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न...
भूमि समस्या समाधान आयोग खारेजीको विरुद्ध दुई संगठन आन्दोलित

भूमि समस्या समाधान आयोग खारेजीको विरुद्ध दुई संगठन आन्दोलित

महासंघ र संगठनले सोमबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आयोग खारेज गरेर सरकारले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै आन्दोलनको घोषणा गरेका...