नेभिगेशन
समाज

सञ्चारमाध्यमलाई निर्वाचनको माहोल बनाउन मन्त्री खरेलको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले  निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गरेका हुन । 

Ncell
Extreme Energy

“निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन मिडियाकर्मीले भूमिका खेल्न आवश्यक छ”, मन्त्री खरेलले भने, “मुलुकलाई अगाडि बढाउनका लागि निर्वाचनको अर्को विकल्प छैन । त्यसैले यसमा सबैको सहयोगका लागि मिडिया महत्त्वपूर्ण माध्यम हो ।”

उनले राजनीतिक दलहरू पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त गरेका थिए । अब निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुपर्ने भन्दै मन्त्री खरेलले व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 

“राजनीतिक दल र ‘जेनजी’ समूहलाई संवादमा ल्याएर संवादहीनताको अन्त्य भएको छ । यसले निर्वाचनको वातावरण बनिरहेको छ”, उनले भने,“निर्वाचन सफल गराई मुलुकमा सुशासन प्रवर्द्धन, पुनर्निर्माण र विकास सरकारको मूल दायित्व हो । यसमा सबै लागौँ ।”

मन्त्री खरेलले ‘जेनजी’ आन्दोलनको जगमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्को समर्थन रहेको स्पष्ट पारेका थिए । छलफलमा सहभागीहरूले निर्वाचनमार्फत मुलुकमा पद्धति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सुझाव दिएका थिए ।

उनीहरुले निर्वाचनको माहोल बनाउन राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिनुपर्ने, सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ...
मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्  ।
'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

'सिँचाइ र कृषिका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने गृहकार्यमा ऊर्जा मन्त्रालय'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।