नेभिगेशन
सिधाकुरा विशेष

त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

काठमाडौँ । हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासले नै विपिनको मृत्यु भएको पुष्टि गरेको हो । हमासले आज इजरायललाई बुझाउन लागेको शवमा विपिनको पनि नाम भएको इजरायलका मिडियाले जनाएका छन् उल्लेख गरेको छ । 

इजरायलका मिडियाका अनुसार हमासले इ इलौज, योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । आजै इजरायली सेनाले विपिनको परिवार समेतलाई उनी जिवित रहेको प्रमाण फेला नपरेको जानकारी गराएको थियो । 

Global Ime Bank

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका थिए । 

जसमध्ये १७ जना इजरायलको किवुज अलुमिन भन्ने ठाउँमा रहेको कृषि फर्ममा कार्य गरिरहेका थिए । उक्त स्थान गाजा नजिकै पर्छ । ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा हमासको आक्रमण सुरु भएको थियो । आक्रमण सुरु भएपछि र साइरन बजेपछि उनीहरु ज्यान जोगाउन बंकरभित्र पसेका थिए । 

किवुजमा रहेका १७ जना नेपाली एउटै बंकरमा बसेका थिए । जहाँ विपिन जोशी, धनबहादुर चौधरी लगायत थिए । सोही क्रममा उनीहरु बसेको बंकर बाहिर बम पड्केको र गोली चलेको आवाज सुनिन थाल्यो । उनीहरु झन् आत्तिए । अत्तिएर बंकरमा रहेका २ जना ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै बंकरबार बाहिर निस्के । हमासले उनीहरुमाथि गोली बर्सायो । उनीहरुको त्यहीँ मृत्यु भएको थियो । 

सोही बंकरमा रहेका कैलाली टिकापुरका धनबहादुर चौधरीका अनुसार हमास लडाकुले बंकरमै २ वटा बम फालेका थिए । एउटा बम विपिन जोशीले हातले समातेर बाहिर फालेका थिए । अर्को बम त्यही पड्एिको थियो । त्यो बमले धनबहादुर सहित ५ जना घाइते भएका थिए । 

धनबहादुरका अनुसार आधा घण्टापछि इजरायली प्रहरी त्यहाँ आइपुगेका थिए । उनीहरुले विपिन जोशीसहित १० जनालाई अर्को बंकरमा सिफ्ट गरेका थिए । त्यस समयदेखि धनबहादुरले विपिनलाई देखेनन् । विपिनले उक्त दिन त्यो बम नफालेको भए आफू सहित थप ४र५ जनाको ज्यान जाने निश्चित रहेको धनबहादुर बताउँछन् । 

उनका अनुसार विपिन लगायतका साथीहरु रहेको बंकरमा हमासका लडाुकले आक्रमण गरेका थिए । सो क्रममा केही साथीहहरुको मृत्यु भएको उनले खबर पाए । त्यस्तै विपिनलाई हमासले पक्राउ गरी लिएर गएको पनि साथीहरुबाटै थाहा पाए । 

सो आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेमा बझाङ जयपृथ्वी नगरपालिका ११ का गणेशकुमार नेपाली, डोटीका पदम थापा, प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार, राजन फुलारा, दार्चुलाका लोकेन्द्र सिंह धामी, दार्चुलाकै दिपेशराज विष्ट, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीका आशिष चौधरी र धनुषाका आनन्द साह छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

सुनको मूल्यमा सामान्य गिरावट, बिहीबारको तुलनामा प्रतितोला ५०० घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा...