नेभिगेशन
समाज

त्यो दिन बंकरभित्र के भएको थियो ? विपिनका साथी धनबहादुरको बयान

काठमाडौँ । हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । हमासले नै विपिनको मृत्यु भएको पुष्टि गरेको हो । हमासले आज इजरायललाई बुझाउन लागेको शवमा विपिनको पनि नाम भएको इजरायलका मिडियाले जनाएका छन् उल्लेख गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलका मिडियाका अनुसार हमासले इ इलौज, योस्सी शराबी, बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । आजै इजरायली सेनाले विपिनको परिवार समेतलाई उनी जिवित रहेको प्रमाण फेला नपरेको जानकारी गराएको थियो । 

Ncell
Extreme Energy

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । उनीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत त्यहाँ पुगेका थिए । 

जसमध्ये १७ जना इजरायलको किवुज अलुमिन भन्ने ठाउँमा रहेको कृषि फर्ममा कार्य गरिरहेका थिए । उक्त स्थान गाजा नजिकै पर्छ । ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा हमासको आक्रमण सुरु भएको थियो । आक्रमण सुरु भएपछि र साइरन बजेपछि उनीहरु ज्यान जोगाउन बंकरभित्र पसेका थिए । 

किवुजमा रहेका १७ जना नेपाली एउटै बंकरमा बसेका थिए । जहाँ विपिन जोशी, धनबहादुर चौधरी लगायत थिए । सोही क्रममा उनीहरु बसेको बंकर बाहिर बम पड्केको र गोली चलेको आवाज सुनिन थाल्यो । उनीहरु झन् आत्तिए । अत्तिएर बंकरमा रहेका २ जना ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै बंकरबार बाहिर निस्के । हमासले उनीहरुमाथि गोली बर्सायो । उनीहरुको त्यहीँ मृत्यु भएको थियो । 

सोही बंकरमा रहेका कैलाली टिकापुरका धनबहादुर चौधरीका अनुसार हमास लडाकुले बंकरमै २ वटा बम फालेका थिए । एउटा बम विपिन जोशीले हातले समातेर बाहिर फालेका थिए । अर्को बम त्यही पड्एिको थियो । त्यो बमले धनबहादुर सहित ५ जना घाइते भएका थिए । 

धनबहादुरका अनुसार आधा घण्टापछि इजरायली प्रहरी त्यहाँ आइपुगेका थिए । उनीहरुले विपिन जोशीसहित १० जनालाई अर्को बंकरमा सिफ्ट गरेका थिए । त्यस समयदेखि धनबहादुरले विपिनलाई देखेनन् । विपिनले उक्त दिन त्यो बम नफालेको भए आफू सहित थप ४र५ जनाको ज्यान जाने निश्चित रहेको धनबहादुर बताउँछन् । 

उनका अनुसार विपिन लगायतका साथीहरु रहेको बंकरमा हमासका लडाुकले आक्रमण गरेका थिए । सो क्रममा केही साथीहहरुको मृत्यु भएको उनले खबर पाए । त्यस्तै विपिनलाई हमासले पक्राउ गरी लिएर गएको पनि साथीहरुबाटै थाहा पाए । 

सो आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेमा बझाङ जयपृथ्वी नगरपालिका ११ का गणेशकुमार नेपाली, डोटीका पदम थापा, प्रवेश भण्डारी, सुनसरीका राजेशकुमार स्वर्णकार, राजन फुलारा, दार्चुलाका लोकेन्द्र सिंह धामी, दार्चुलाकै दिपेशराज विष्ट, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीका आशिष चौधरी र धनुषाका आनन्द साह छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...