नेभिगेशन
मुख्य समाचार

अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

अमेरिका । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका गएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ  कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् ।

उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्डः अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुको समेत उपस्थिती थियो ।

Dish home
City Express

अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको राजदूतावासले जनाएको छ ।

भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वाशिङटन डिसी पुगेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरपालिकाद्वारा पहल

उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरपालिकाद्वारा पहल

नगरपालिकाले उद्योग–व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिए । भदौ २४ गतेको तोडफोड र आगजनीको घटनाले उद्योग–व्यावसायलाई प्रतिकूल...
सर्वसाधारणका लागि नेपाल राष्ट्र बैंकले सुरु गर्यो चाँदीको सिक्का बिक्री

सर्वसाधारणका लागि नेपाल राष्ट्र बैंकले सुरु गर्यो चाँदीको सिक्का बिक्री

बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ । बैंकले १० ग्राम प्रति सिक्काको मूल्य ३२ सय...
जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा दम्पत्ति

जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा दम्पत्ति

२४ गतेको आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो भने उनीहरुको घरमा आगजनी गरिएको थियो । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सेनाकै रोहबरमा उपचार गरिएको थियो ।