नेभिगेशन
समाज

मडागास्करका राष्ट्रपति राजोलिनाद्वारा राजीनामाको आह्वान अस्वीकार, ‘सुरक्षित स्थान’ मा शरण

मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै उनले बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो अवस्था स्पष्ट पारेका हुन । पछिल्ला दिनहरूमा उनले देश छोडेर भागेको हुनसक्ने भन्ने समाचारहरू पनि सार्वजनिक भएका थिए ।

Ncell
Extreme Energy

“सेप्टेम्बर २५ देखि मेरो ज्यान लिने र विद्रोह गर्ने प्रयासहरू भइरहेका छन् । केही सैन्य अधिकारी र राजनीतिज्ञको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो”, उनले फेसबुकमार्फत प्रत्यक्ष सम्बोधन गर्दै र आफ्नो स्थान गोप्य राख्दै भने, “त्यस कारण म आफ्नो जीवनको सुरक्षाका लागि सुरक्षित स्थानमा रहन बाध्य भएँ ।”

राजधानी एन्टानानारिभोमा भइरहेको प्रदर्शनहरू प्रारम्भमा दीर्घकालीन बिजुली र पानी आपूर्तिमा अवरोधको विरोधमा सुरु भएका थिए । तर ती आन्दोलनहरू क्रमशः व्यापक सरकारविरोधी अभियानमा परिणत हुँदै राष्ट्रपतिको राजीनामाको मागमा केन्द्रित भएका छन् ।

राजधानीका पूर्व मेयर समेत रहनुभएका राष्ट्रपति राजोलिनाले भने संविधानको सम्मान गर्न सबैलाई आह्वान गर्दै उनले भने,  ‘म समाधान खोज्ने अभियानमा छु,’ । सन् २००९ मा तत्कालीन राष्ट्रपति मार्क रावलमानानालाई अपदस्थ गर्ने विद्रोहपछि राजोलिना पहिलोपटक सत्तामा आएका थिए । हाल फेरि उही किसिमको राजनीतिक तनावले देशलाई सङ्कटमा धकेलेको छ ।

यसैबीच फ्रान्सेली सञ्चारमाध्यम रेडियो फ्रान्स इन्टरनेसनलले राजोलिनाले सप्ताहन्तमा फ्रान्सेली सैन्य विमानमार्फत देश छोडेको दाबी गरेको छ । यद्यपि फ्रान्सेली अधिकारीहरूले यसबारे एएफपीको प्रश्नमा प्रतिक्रिया जनाएका छैनन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि उक्त समाचार पुष्टि गर्न अस्वीकार गर्दै टापु राष्ट्रको सङ्कटप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेका छन् ।

राजोलिना बुधबारदेखि सार्वजनिक रूपमा देखिएका छैन । सशस्त्र बलका केही समूहले राज्य प्रसारकमा कब्जा जमाउने प्रयास गरेका कारण राज्य टेलिभिजनमार्फत प्रसारण हुने भनिएको उनको सम्बोधन पनि दुई पटक ढिलाइ गरिएको थियो ।

सप्ताहन्तमा एन्टानानारिभोको सिटी हल अगाडि भेला भएका हजारौँ प्रदर्शनकारीहरूको समर्थनमा विद्रोही सैनिक र सुरक्षाकर्मीहरू समेत सामेल भएका थिए । तीमध्ये केहीले सन् २००९ को विद्रोहमा समेत भूमिका खेलेका थिए । शनिबार उक्त युनिटले ‘विरोधमा गोली चलाउने आदेश अस्वीकार गर्ने’ घोषणा गरेको थियो ।

विरोधका क्रममा अर्धसैनिक प्रहरी बलका केही अधिकारी पनि प्रदर्शन स्थलमा पुगेका थिए । उनीहरूले पछिल्लो भिडियो सन्देशमार्फत ‘आफ्नो प्रतिक्रियामा गल्ती र ज्यादती भएको’ स्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार प्रदर्शनको पहिलो दिनमै कम्तीमा २२ जनाको मृत्यु भएको छ, जसमा केही सुरक्षा बलका सदस्य पनि परेका छन् । राष्ट्रपतिले भने आधिकारिक रूपमा ‘१२ जनाको मृत्यु मात्र पुष्टि भएको र ती सबै लुटेरा वा भिडन्तमा संलग्न व्यक्ति’ भएको दाबी गरेका छन् ।

दबाब बढ्दै गएपछि राजोलिनाले सोमबार २०२१ को असफल विद्रोह प्रयासमा जेल सजाय पाएका आठ जना  लाई माफी दिएका छन् । तिनीहरूमा फ्रान्सेली–मालागासी नागरिक पल मैलोट राफानोहाराना पनि समावेश छन् ।

यसबीच, सहरका प्रदर्शनकारीहरूले भने राष्ट्रपतिबाट राजीनामा र माफी दुवै अपेक्षा गरेका छन् । २४ वर्षीया कानून विद्यार्थी फिनारिट्रा मनित्रा एन्ड्रियानमेलासोआले भने, “हामी चाहन्छौँ उहाँले मालागासी जनतासँग माफी माग्नुहोस् र राजीनामा दिनुहोस्” । अर्का प्रदर्शनकारी १९ वर्षीय स्टिभन रासोलोन्जानहरीले भने, “हामीमध्ये धेरैका आफन्तहरू विरोधका क्रममा घाइते वा मारिएका छन्, त्यसैले अब उहाँले जिम्मेवारी लिनैपर्छ ।”

राष्ट्रपतिले केही हप्ताअघि स्थिति शान्त पार्ने प्रयासस्वरूप सम्पूर्ण सरकार बर्खास्त गरेका थिए । प्रदर्शनकारीहरूको अर्को माग पूरा गर्दै सिनेटले आइतबार आफ्नो अध्यक्ष र पूर्व जेन्डरमेरी प्रमुख रिचर्ड रावलमानानालाई पदमुक्त गरेको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेदेखि नै मडागास्करमा राजनीतिक अस्थिरता र सैनिक हस्तक्षेप दोहोरिँदै आएको छ । पछिल्लो घटनाक्रमले फेरि एकपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेलेको छ । अफ्रिकी सङ्घको सुरक्षा परिषद्ले सबै सशस्त्र सेनालाई ‘संविधानको पालना गर्न र देशको राजनीतिक मामिलामा हस्तक्षेप नगर्न’ आग्रह गर्दै संयम र शान्तिपूर्ण समाधानको आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...
रास्वपाले बनायो सचिवालय, कोको परे?

रास्वपाले बनायो सचिवालय, कोको परे?

सचिवालयमा पार्टी सभापतिसहित ७ जना छन् । जसमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् ।
सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

आज दिनभर नयाँ झडपका कुनै पनि गतिविधि नभए पनि जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । सुरक्षा व्यवस्था कडा पारिएसँगै झुम्का, महेन्द्रचोक, इनरुवा र लौही लगायतका प्रमुख...
प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने । सभामुखको यो प्रश्नमा...