नेभिगेशन
मुख्य समाचार

२३ गतेको जेनजी आन्दोलनमा घुसपैठ भयोः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति सभापति देउवाले जनेजी आन्दोलनेका क्रममा भएको घुसपैठका कारण अकल्पनीय जनधनको क्षति भएको भन्दै सम्भवत यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रुपमा लिपिबद्ध हुने बताएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरे । 

CG

‘गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।’ देउवाले भने । 

भदौ २४ गतेको कठिन अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको उनले बताए । 

देउवाले पूर्ण बहादुर खड्कालाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...