नेभिगेशन
मुख्य समाचार

पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशनको आयोजना हुनेः काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशन आयोजना हुने जनाएको छ ।

मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउदै महाधिवेशन गर्न सभापतिले दिएको निर्देशन अनुसार केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका बनाउने बताए ।

Dish home
City Express

कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लाने कुरामा पनि समस्या ल्याएको उनले बताए । प्रवक्ता महतले अहिलेको अवस्थामा पार्टीको एकता सवै भन्दा बढि महत्वपूर्ण कुरा रहेको उल्लेख गरेका थिए । पार्टी सभापतिले कार्यबाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको उनको भनाइ छ ।

महतले पार्टीको भातृ संस्थामा लामो समयदेखि देखिएको समस्यालाई केन्द्रीय समितिले समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले निर्वाचनका बारेमा अन्यौल र अस्थीरता बढ्दै गए निर्वाचन हुन नसक्ने भएकाले संसद पुर्नस्थापनाको बाटोलाई बन्द नगरेको जिकिर गरे । महतले वर्तमान सरकार निर्वाचनमा केन्द्रीत हुनुभन्दा पनि प्रतिशोध साँध्न केन्द्रीत भएको आरोप लगाएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

मंगलबार नै हस्ताक्षर बुझाउने भन्दै पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुलाई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माको आग्रह पछि बुधबार हस्ताक्षर बुझाउने गरि फर्काइएको हो । नेता कार्यकर्ताहरुले...
विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यकः  मन्त्री घिसिङ

विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यकः  मन्त्री घिसिङ

विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै मंगलबार उनले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैनः सभापति देउवा

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैनः सभापति देउवा

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको...

भर्खरै