नेभिगेशन
समाज

पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशनको आयोजना हुनेः काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै विधि अनुसार नै महाधिवेशन आयोजना हुने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउदै महाधिवेशन गर्न सभापतिले दिएको निर्देशन अनुसार केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका बनाउने बताए ।

Ncell
Extreme Energy

कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लाने कुरामा पनि समस्या ल्याएको उनले बताए । प्रवक्ता महतले अहिलेको अवस्थामा पार्टीको एकता सवै भन्दा बढि महत्वपूर्ण कुरा रहेको उल्लेख गरेका थिए । पार्टी सभापतिले कार्यबाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको उनको भनाइ छ ।

महतले पार्टीको भातृ संस्थामा लामो समयदेखि देखिएको समस्यालाई केन्द्रीय समितिले समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले निर्वाचनका बारेमा अन्यौल र अस्थीरता बढ्दै गए निर्वाचन हुन नसक्ने भएकाले संसद पुर्नस्थापनाको बाटोलाई बन्द नगरेको जिकिर गरे । महतले वर्तमान सरकार निर्वाचनमा केन्द्रीत हुनुभन्दा पनि प्रतिशोध साँध्न केन्द्रीत भएको आरोप लगाएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...