नेभिगेशन
मुख्य समाचार

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौँ । गत आर्थिक वर्ष २०८१ र ८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ ।

अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार गत आवमा कुल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा रु १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

Dish home
City Express

चालु खर्चमा रु ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा रु नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा रु दुई खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा रु तीन खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

गत आर्थिक वर्षमा कुल रु ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व सङ्कलन भएको छ । जसमध्ये कर राजस्व रु १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व रु एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति रू १७ अर्ब ३६ करोड ९६ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य रु १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा अनुदान रु २३ अर्ब ५३ करोड र ऋण रु एक खर्ब २५ अर्ब ४० करोड गरी कुल रु एक खर्ब ४८ अर्ब ९३ करोड वैदेशिक सहायता प्राप्त भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो ।

घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले रु तीन खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण रु एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल रु चार खर्ब ५५ अर्ब ३९ करोड बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाइने

मंगलबार नै हस्ताक्षर बुझाउने भन्दै पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुलाई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माको आग्रह पछि बुधबार हस्ताक्षर बुझाउने गरि फर्काइएको हो । नेता कार्यकर्ताहरुले...
विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यकः  मन्त्री घिसिङ

विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यकः  मन्त्री घिसिङ

विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै मंगलबार उनले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैनः सभापति देउवा

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैनः सभापति देउवा

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको...

भर्खरै